बजारमा तरकारीको मूल्य बढ्यो, ‘लकडाउन’का बीच पसलहरुमा उपभोक्ताको भीड | Khabarhub Khabarhub

बजारमा तरकारीको मूल्य बढ्यो, ‘लकडाउन’का बीच पसलहरुमा उपभोक्ताको भीड


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसका कारण सरकारले देश ‘लकडाउन’ गरेपछि तरकारी र फलफूल आपूर्ति ठप्प छ । जसकारण बजारमा तरकारी र फलफूल अभाव देखिन थालेको  फलफूल तथा तरकारी व्यवसायीले बताएका छन् ।

काउली, आलु, टमाटर (गोलभेडा), हरियो साग, चुच्चे करेला, तिते करेला, घिरौला, हरियो काँक्रो लगायत उच्च माग हुने गरेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । यस्ता तरकारी आयात नै रोकिएपछि तरकारको अभाव हुन थालेको फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

बजारमा तरकारीको अभाव हुन नदिन र प्रभावकारी बनाउनका लागि आफूहरूले पहल गरिरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताएका छन् । तरकारी जस्तो अतिआवश्यक वस्तु आपूर्तिमा सरकारले ‘लकडाउन’ नगरेका कारण बजारमा अभाव नहुने समितिका उपनिर्देशक श्रेष्ठको दाबी छ ।

कालिमाटी बजारमा आएका तरकारी बिक्री भएको अवस्थामा आफूले आपूर्ति जति पनि गर्ने भनेर तरकारी व्यवसायीलाई सहज बनाउन आग्रह गरेको उपनिर्देशक श्रेष्ठको भनाइ छ ।

तरकारीको मुल्य अकासियो

काठमाडौं उपत्यकामा तरकारी आपूर्ति आधाभन्दा धेरै घटेको छ । सामान्य अवस्थामा दैनिक ८ सय टन तरकारी भित्रिने कालिमाटी तरकारी तथा फलफूल बजारमा पछिल्लो २ दिनमा करिब ४ सय मेट्रिक टनका दरले तरकारी आउन थालेको फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

बिहीबार २ सय ५० टन र शुक्रबार ३ सय ५० टनभन्दा केही बढी तरकारी आयात भएको अध्यक्ष घिमिरेले बताए । भारतमा सामान्य अवस्थामा ४ सय टनसम्म तरकारी आयात हुने गरेकामा अहिले दैनिक १ सय टन मात्र आयात भइरहेको उनको भनाइ छ ।

कालिमाटी बजारमा ९५ रुपैयाँमा कारोबार भएको गोलभेँडा उपभोक्ताले १ सय ३० रुपैयाँ हालेर किन्नु परिरहेको छ । यस्तै, कालिमाटीमा ६५ मा पाइने प्याज बजारमा ९० रुपँयौ पुगेको छ । कालिमाटी बजारमा तरकारी किन्ने उपभोक्ताको भिड बढ्न थालेपछि व्यवसायी चिन्तित छन् । कालिमाटी बजार बिहान २ बजे खुलेर ६ बजे बन्द हुने गरेको छ ।

बजारमा तरकारीको अभाव देखिन थालेपछि उपभोक्ता मारमा परेका छन् । एकतिर तरकारी पाउँदैन भने अर्कोतिर मुल्य समेत बढ्न थालेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  २ : २९ बजे

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ