लकडाउनको सयमा जिल्ला प्रशासनमा सवारी पास लिनेको भीड « Khabarhub

लकडाउनको सयमा जिल्ला प्रशासनमा सवारी पास लिनेको भीड


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- लकडाउनका कारण जिल्ला प्रशासन कार्यालयमा सवारी पास गराउनेको भीड लाग्न थालेको छ ।

सरकारले कोरोना भाइरसको महामारी फैलिन नदिन एक साता लकडाउन गरेपछि प्रशासनमा पास लिनेको भीड लागेको हो ।

लकडाउन, कर्फ्यू निषेधाज्ञालगायतका बेला अति जरुरी काम विशेषले यात्रा गर्नुपर्ने सर्वसाधारणलाई प्रशासनले सवारी पास उपलब्ध गराउने गर्छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले प्रशासनमा सरकारी कर्मचारी, बिरामी तथा बीचबाटोमा अलपत्र परेकाहरुले पास लिन आउने गरेको बताए । लकडाउनले अन्य सेवा बन्द भए पनि पास लिनेको प्रशासनमा दैनिक भीड लाग्ने गरेको छ ।

बर्दिया राजापुर नगरपालिका–६ मनुवाका ईश्वर शाहीले दुई दिनदेखि प्रशासन धाए पनि पास नपाएको बताए । “जाजरकोटबाट बर्दिया जानका लागि छ दिनअघि सुर्खेत आएको थिएँ, लकडाउनले यतै रोकिएँ, आज फेरि पासकै लागि आएको छु”, उनले भने ।

लकडाउनले यातायात बन्द भएपछि सिकिस्त बिरामीलाई उपचारका लागि लैजान समस्या भएको छ । दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटका ७९ वर्षीय वीरबहादुर महतारालाई किमो चढाउन भरतपुर क्यान्सर अस्पतालमा जानुपर्ने बाध्यता छ ।

चितवनसम्म जाने सवारी पास लिन उनका छोरा डम्बरबहादुर लाइनमा बसेका छन् । सरकारले लकडाउन लम्ब्याउने तयारी गरेपछि अन्य दिनभन्दा आज प्रशासनमा पास लिन आउनेको भीड बढेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ३ : ०८ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको