लकडाउनको सयमा जिल्ला प्रशासनमा सवारी पास लिनेको भीड « Khabarhub

लकडाउनको सयमा जिल्ला प्रशासनमा सवारी पास लिनेको भीड


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- लकडाउनका कारण जिल्ला प्रशासन कार्यालयमा सवारी पास गराउनेको भीड लाग्न थालेको छ ।

सरकारले कोरोना भाइरसको महामारी फैलिन नदिन एक साता लकडाउन गरेपछि प्रशासनमा पास लिनेको भीड लागेको हो ।

लकडाउन, कर्फ्यू निषेधाज्ञालगायतका बेला अति जरुरी काम विशेषले यात्रा गर्नुपर्ने सर्वसाधारणलाई प्रशासनले सवारी पास उपलब्ध गराउने गर्छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले प्रशासनमा सरकारी कर्मचारी, बिरामी तथा बीचबाटोमा अलपत्र परेकाहरुले पास लिन आउने गरेको बताए । लकडाउनले अन्य सेवा बन्द भए पनि पास लिनेको प्रशासनमा दैनिक भीड लाग्ने गरेको छ ।

बर्दिया राजापुर नगरपालिका–६ मनुवाका ईश्वर शाहीले दुई दिनदेखि प्रशासन धाए पनि पास नपाएको बताए । “जाजरकोटबाट बर्दिया जानका लागि छ दिनअघि सुर्खेत आएको थिएँ, लकडाउनले यतै रोकिएँ, आज फेरि पासकै लागि आएको छु”, उनले भने ।

लकडाउनले यातायात बन्द भएपछि सिकिस्त बिरामीलाई उपचारका लागि लैजान समस्या भएको छ । दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटका ७९ वर्षीय वीरबहादुर महतारालाई किमो चढाउन भरतपुर क्यान्सर अस्पतालमा जानुपर्ने बाध्यता छ ।

चितवनसम्म जाने सवारी पास लिन उनका छोरा डम्बरबहादुर लाइनमा बसेका छन् । सरकारले लकडाउन लम्ब्याउने तयारी गरेपछि अन्य दिनभन्दा आज प्रशासनमा पास लिन आउनेको भीड बढेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ३ : ०८ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर