अति समस्यामा परेका ग्राहकले नेपाल ग्यास पाउने | Khabarhub Khabarhub

अति समस्यामा परेका ग्राहकले नेपाल ग्यास पाउने


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोभिड–१९ का कारण खाना पकाउने ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले ग्यासको अनावश्यक सञ्चिती गरिरहेको अवस्थामा ग्यासको सहज उपलब्धतामा समस्या देखिएको छ । अन्य समयको तुलनामा ग्यासको आयात उल्लेख्य बढाइए पनि बजारमा अझै ग्यासको अभाव सल्टिन सकेको छैन ।

नेपाल आयल निगमले पछिल्लो महिनामा झण्डै ४५ हजार मेट्रिकटन ग्यास आयात गरिएको जनाएको छ ।

त्यसअघि उच्च माग भएको अवस्थामा पनि नेपाली बजारमा मासिक ३८ हजार मेट्रिक ग्यासको खपत हुँदै आएको थियो ।

ग्यासको बढ्दो अभावसँगै सरकारको निर्देशनमा ग्यास उद्योगीले ७.१ किलोग्राम ग्यास तौल भएको सिलिण्डर आजदेखि बजारमा ल्याइसकेका छन् । तर पनि ग्यासको अभाव हट्न सकेको छैन ।

यसैबीच उपत्यकामा धेरै उपभोक्ता रहेको नेपाल ग्यास कम्पनीले अत्यावश्यक अवस्थाका उपभोक्तालाई सोमबारदेखि बालाजुस्थित औद्योगिक क्षेत्रबाट ग्यास वितरण गरिने जनाएको छ ।

बिहान ९ः३० देखि अपराह्न १ः३० बजेसम्म उद्योग बाहिर औद्योगिक क्षेत्रको गेटबाट ग्यासको बिक्री वितरण गरिने कम्पनीले जनाएको छ ।

ग्यासको माग पूरा गर्न क्षेत्रगत हिसाबमा दैनिकरुपमा ग्यास पठाउने काम गरिरहेको जनाउँदै कम्पनीले अति समस्या भएका ग्राहकको समस्या सम्बोधन गर्न उद्योग बाहिरबाट ग्यास दिन लागिएको प्रष्ट छ ।

सङ्क्रमणकालीन अवस्थामा ग्यासको माग अधिक भएकाले पूरा गर्न समस्या देखिएको उद्योगले जनाएको छ ।

यसैबीच नेपाल आयल निगमले आजदेखि ७.१ किलोग्राम ग्यास भरिएको सिलिण्डरमात्र बिक्री वितरण गर्न सम्पूर्ण ग्यास बिक्रेतालाई निर्देशन दिएको छ । निगमले उद्योगीसँगको छलफलपछि आधा ग्यास (७.१ किलो) भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको थियो ।

अब उप्रान्त १४.२ किलो ग्यास भएको सिलिण्डर बिक्री वितरण गरेको पाइएमा सिलिण्डर बिक्रेता तथा डिस्टिब्युटरमाथि कारवाही हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । पूरा तौल भएको केही सिलिण्डर बिक्रेताले लुकाएको आशङ्का गरिएको छ ।

निगमले पूरा तौल भएको सिलिण्डरको मौज्दात रहेमा सम्बन्धित उद्योगमा फिर्ता गर्न पनि निर्देशन दिएको छ । त्यसैगरी सम्पूर्ण ग्यास बिक्रेता, डिस्टिब्युटरले दैनिक शुरुआती मौज्दात र निजको प्राप्त भएको ग्यासको विवरण सर्वसाधारणले देख्ने गरी बिक्री स्थलमा टाँस्न पनि निगमले निर्देशन दिएको छ ।

ग्यास वितरणलाई पारदर्शी बनाउन सम्पूर्ण उद्योगीलाई दैनिक ग्यास बिक्री वितरणको योजना निगममा पेश गर्न पनि यसअघि नै निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ४ : १२ बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी