काठमाडौं- सरकारले लकडाउन अवधिभर इन्टरनेट र भ्वाइस सेवामा २५ प्रतिशत छुट दिन टेलिकम सेवा प्रदायकलाई निर्देशन दिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी र निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले पनि यस्तो छुट सुविधा दिनुपर्ने सरकारका प्रवक्ता तथा अर्थ मन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको हो। सरकारले लकडाउन अवधिभर टेलिकम सेवाप्रदायकलाई डाटा तथा डाटा प्याकमा २५ प्रतिशत छुट दिन निर्देशन दिएको हो । निजि क्षेत्रका इन्टरनेट सेवाप्रदायकले पनि यस्तो छुट दिनुपर्ने सरकारले निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो । यस्तै, खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको छ । यसैगरी सरकारले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ ।
प्रतिक्रिया