कोरोना संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार नाघ्यो « Khabarhub

कोरोना संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार नाघ्यो


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार नाघेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ६९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ८ पुगेको हो ।

भारतमा एकैदिन थप १ हजार ९०९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३१ हजार ३६० पुगेको छ ।

भारतमा संक्रमितमध्ये ७ हजार ७४७ जना उपचारपछि निको भएका छन् । २२ हजार ६०५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिका सबैभन्दा बढी प्रभावित बनेको छ ।

सार्क मुलुकमा भारत सबैभन्दै भन्दा बढी कोरोना प्रभावित मुलुकमा पनि भारत परेको छ ।

विश्वमा सबैभन्दा बढी कोरोनाको संक्रमित मुलुकको सूचीमा भारत १५ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ । एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ २ हजार ९९२ जनाले ज्यान गुमाएका छन् भने १ लाख १४ हजार ६५० बढी संक्रमित छन् ।

एसियाली मुलुकको दोस्रो स्थानमा इरान र तेस्रमा चीन रहेका छन् । इरानमा हालसम्म ९२ हजार ५ सय बढी संक्रमित रहेका छन् भने ५ हजार ८७७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै चीनमा ८२ हजार ८ सय बढी कोरोना संक्रमित छन् भने ४ हजार ६३३ जनाको कोरोनाको संक्रमणबाट ज्यान गएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : २७ बजे

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण

उम्मेदवार रिझाउन अन्टसन्ट बोल्दा सञ्जालमा उछितो

काठमाडौं–  निर्वाचन सम्पन्न भएर मत परिणाम आउने क्रम उत्तरार्द्धमा छ

बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि

एजेन्सी– घरेलु माग कमजोर रहँदा पनि चीनले वर्षको सुरुआत उल्लेखनीय

अस्ट्रेलियाले द्वन्द्वग्रस्त खाडी क्षेत्रमा हतियार पठाउने

काठमाडौं- अस्ट्रेलियाले द्वन्द्वग्रस्त खाडी क्षेत्रमा हतियार पठाउने भएको छ ।

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं– प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको