कोरोना भाइरस :  ३१ लाखभन्दा धेरै संक्रमित, २ लाख १७ हजारभन्दा बढीको मृत्यु   « Khabarhub

कोरोना भाइरस :  ३१ लाखभन्दा धेरै संक्रमित, २ लाख १७ हजारभन्दा बढीको मृत्यु  


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३१ लाखभन्दा बढी संक्रमित भएका छन् भने २ लाख १७ हजार भन्दा धेरैको मृत्यु भएको छ ।

विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणले यो समाचार तयार पार्दासम्म ३१ लाख ३५ हजार ८९५ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख १७ हजार ७६३ पुगेको छ । संक्रमित भएका ९ लाख ५२ हजार ९९० जना उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ३१५ जनाको मृत्यु भएको छ भने ७५ हजार ९४९ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको महामारीबाट अमेरिकामा मात्रै १० लाख ३५ हजार ३६५ जना संक्रमित भएका छन् । महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५९ हजार २६६ पुगेको छ ।

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३८२ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २७ हजार ३५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ९१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १ हजार ५०५ पुगेको छ ।

स्पेनमा २३ हजार ८२२ जनाको मृत्यु भएको छ भने २ लाख ३२ हजार १२८ जना संक्रमित भएका छन् ।

फ्रान्समा कोरोना भाइरसको संक्रमणबाट २३ हजार ६६० जनाको मृत्यु भएको छ भने १ लाख ६५ हजार ९११ जना संक्रमित भएका छन् ।

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार ६७८ पुगेको छ । त्यहाँ संक्रमित हुनेको संख्या १ लाख ६१ हजार १४५ पुगेको छ ।

कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख २६ हजार ४२२ जना, उत्तर अमेरिकी मुलुकहरुमा ६४ हजार ३९९ जनाको मृत्यु भएको छ ।

यस्तै एसियाली मुलुकहरुमा १७ हजार ९१०, अफ्रिकी मुलुकहरुमा १ हजार ५२७ र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १०७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : ४३ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को