रोकिएका फुटबल लिग शुरु गर्दा जोखिम हुने चेतावनी « Khabarhub

रोकिएका फुटबल लिग शुरु गर्दा जोखिम हुने चेतावनी


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्व फुटबलको प्रशासकीय निकाय फिफाका डाक्टर डा. मिचेल डी होग्हेले कोरोना भाइरसका कारण रोकिएका यो सिजनका फुटबल लिगहरु सुचारु गर्दा जोखिम हुने चेतावनी दिएका छन् ।

त्यसको सट्टा आउँदो सिजनको तयारीमा जुट्नु पर्ने फिफाका प्रमुख डाक्टरले बताएका हुन् । डा. होग्हेले कोरोना भाइरसको महामारी जारी रहेकै बेला यो सिजनका बाँकी खेलहरु सञ्चालन गर्ने पक्षमा आफू नरहेको र यसले जोखिम निम्त्याउने बताए ।

फिफाको मेडिकल कमिटिका प्रमुखले भनेका छन, ‘मेरो प्रस्ताव त यदी सम्भव छ भने आउँदा हप्ताहरुमा प्रतिस्पर्धात्मक खेलहरु गर्नु हुँदैन । आउँदो सिजन राम्रोसँग सुरु गर्न सकियोस् भन्नेमा प्रयास गर्नु पर्छ ।’

युरोपियन लिगहरुले प्रशासकीय निकाय युइएफएलाई यो सिजनका बाँकी खेलहरु गर्न चाहन्छन् वा चाहदैनन् भन्ने कुरा मे २५ सम्म जानकारी गराउनु पर्ने छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : ४७ बजे

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग

काठमाडौं– के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपद्को सारथी

काठमाडौं– स्थानीय सुकुम्वासी बस्तीका बासिन्दाहरूले नेकपा एमालेका नेता महेश बस्नेतप्रति

रोल्पालीको शिर उचो बनाउने काम गरेको छु : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले आफूले

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं– आज स्थानीय बजारमा मङ्गलबारको तुलनामा सुनको मूल्य स्थिर छ

मैवाखोलाद्वारा किबीका बिरुवा वितरण

ताप्लेजुङ– मैवाखोला गाउँपालिकाले उन्नत जातका किबीका बिरुवा वितरण गरेको छ