सन् २०२१ मा पनि कोरोना भाइरसको महामारी नरोकिए ओलम्पिक रद्द गरिने « Khabarhub

सन् २०२१ मा पनि कोरोना भाइरसको महामारी नरोकिए ओलम्पिक रद्द गरिने


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सन् २०२१ भित्र पनि कोरोना भाइरसको महामारी नरोकिए टोकियो ओलम्पिक रद्द गरिने भएको छ ।

टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष योयिरो मोरीले अर्को वर्षको अन्तिमसम्ममा पनि कोरोना भाइरसको महामारी नियन्त्रणमा नआए टोकियो ओलम्पिक २०२० रद्द गरिने बताएका हुन् ।

कोरोनाका कारण एक वर्ष पछि सारिएको प्रतियोगिता महामारीले सन् २०२१ मा पनि हुने अवस्था नआए रद्द नै गरिने उनले जानकारी दिएका हुन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र जापान सरकारले यसअघि नै प्रतियोगिता एक वर्ष पर सारेका छन्।

कोरोना भाइरसको महामारी रोकिए प्रतियोगिता सन् २०२१ को जुलाई २३ मा सुरु भएर अगष्ट ८ मा समापन हुनेछ ।

टोकियो ओलम्पिक आयोजक समितिका प्रवक्ता मासा तकायाले भने अध्यक्षको भनाईप्रति आलोचना गरेका छन् । उनले मोरीको भनाइलाई आधिकारीक नमान्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ८ : ०६ बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर