नायिका रिस्ताको बलिउड डेब्यु, ‘साथिया तेरे बिना’ म्यूजिक भिडियो सार्वजनिक « Khabarhub

नायिका रिस्ताको बलिउड डेब्यु, ‘साथिया तेरे बिना’ म्यूजिक भिडियो सार्वजनिक


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली नायिका रिस्ता अधिकारी बस्नेतले बलिउडमा डेब्यू गरेकी छिन् । उनको अभिनय रहेको म्यूजिक भिडियो हालै सार्वजनिक भएको छ ।

‘साथिया तेरे बिना’ गीतको म्युजिक भिडियोमा उनले अभिनय गरेकी छिन् । उक्त गीत नेपालमै छायांकन गरिएको छ ।

पर्यटकीय नगरी पोखोरा आसपासका क्षेत्रमा छायांकन गरिएको यस भिडियोमा नायिका रिस्ता बस्नेतको साथमा भारतीय मोडल मन्जील खट्टारले अभिनय गरेका छन् ।

गीतमा कार्तिक कुस र ज्योतिका तंगरीको स्वर, पुनित अवस्थीको संगीत र संजिव पाण्डेको शब्द रहेको छ ।

सम्राट शाक्यले निर्देशन गरेको भिडियोमा श्याम लामाको शृंगार, बसन्त घर्ति मगरको भीएफएक्स, पुरुसोत्तम प्रधानको छायांकन, अर्जुन जिसीको छायांकन र कमल राईको कोरियोग्राफी रहेको छ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ८ : २७ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक