नेपाल वायु सेवा निगमको दक्षिण कोरिया चार्टर्ड उडान स्थगित | Khabarhub Khabarhub

नेपाल वायु सेवा निगमको दक्षिण कोरिया चार्टर्ड उडान स्थगित


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल वायु सेवा निगमको दक्षिण कोरिया चार्टर्ड उडान स्थगित भएको छ । १८ वैशाखमा दक्षिण कोरिया जाने तय भएको नेपाल वायु सेवा निगमको उडान तत्कालका लागि स्थगित भएको हो ।

कोरियामा कार्यरत नेपाली कामदार लैजान दक्षिण कोरियाको राजधानी सोलका लागि निगमको उडान तय भएको थियो। तर, अहिलेका लागि उडान स्थगित भएको सूचना आएको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्।

दक्षिण कोरिया लैजान लागिएका सबै कामदारको स्वास्थ्य परीक्षण गर्नुपर्ने हुँदा समय लाग्‍ने भएकाले अहिलेका लागि उडान स्थगित गरिदिन सूचना आएको खड्काले जानकारी दिइन्।

दक्षिण कोरियाबाट विदामा आएका दुई सय ८० जना नेपाली कामदार रोजगारी गन्तव्यमा फर्किन लागेका थिए। १८ वैशाख बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाट निगमको वाइडबडी विमान सोलका लागि उड्ने तालिका थियो ।

नेपाल आएका कामदारको बिदा अवधि सकिएपछि गैरआवासीय नेपाली संघ कोरियाले उनीहरूलाई फर्काउने व्यवस्था मिलाएको थियो। विमानको भाडा कामदारले तिर्ने गरी उडानको व्यवस्था मिलाइएको थियो । उडानको अर्को मिति तय नभएको निगमले जनाएको छ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ११ : ०१ बजे

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।

मरिचका बिरुवा बेचेर मनग्य आम्दानी

गण्डकी- पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष

गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको