राहत वितरणको विषयलाई लिएर कतै नाराबाजी, कतै तालाबन्दी « Khabarhub

राहत वितरणको विषयलाई लिएर कतै नाराबाजी, कतै तालाबन्दी


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनरुप– सप्तरीको कञ्चनरुप नगरपालिका–९ को कार्यालयमा स्थानीयवासीले ताला लगाएका छन् भने महादेवा गाउँपालिका–४ मा नाराबाजी गरेर राहत वितरण स्थगन गरेका छन् ।

राहत वितरणमा काखापाखा र अनियमितता भएको भन्दै कञ्चनरुप–९ को वडा कार्यालय र राहत राखिएको कोठामा वडावासीले मङ्गलबार ताला लगाएका हुन् । यस्तै महादेवा गाउँपालिका–४ मा राहत वितरणमा विभेद गरेको भन्दै नाराबाजी गरेपछि राहत वितरण स्थगन भएको हो ।

कोरोना सङ्क्रमणको विश्वव्यापी महामारी रोक्न गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन भएपछि गरिब तथा विपन्नलाई राहत वितरण गर्न कञ्चनरुप नगरपालिकाले वडा नं ९ लाई रु पाँच लाख चार हजार रकम पठाएको थियो । सर्वदलीय समितिको बैठकले ५०० घरधुरीलाई राहत वितरण गर्ने तयारी गरेको छ । सोमबारसम्म वडा नं ९ मा ४७५ घरधुरीलाई राहत वितरण गरिसकेपछि केही घरको नाम छुटेको भन्दै ताला लगाइदिएको वडाध्यक्ष लक्ष्मण यादवले जानकारी दिए ।

छाक टार्न समस्या भएका, अपाङ्गता भएका र विपन्न दलित समुदायले राहत नपाएकाले तालाबन्दी गरिएको स्थानीय भोला यादवले बताए । सर्वदलीय समितिको निर्णयबमोजिम राहत वितरण भइरहेको जनाउँदै वडाध्यक्ष यादवले एकै परिवारका सदस्यहरू राहत पाउन अलग–अलग परिवार बनेर राहतको दाबी गर्न थालेकाले राहत पुर्‍याउन गाह्रो भएको बताए ।

एउटै परिवारमा रहेका चारसम्मले राहत दाबी गर्दै तालाबन्दी गरेको भन्दै वडाध्यक्ष यादवले पुनः सबै दलका प्रतिनिधि बसेर समस्या समाधान गरिने जनाए । कञ्चनरुप नगरपालिकाको सबै वडाले अत्यधिक नामावली पेश गरेपछि कञ्चनरुप नगरपालिकाले राहत वितरणका लागि ४३ लाख एक हजार र प्रदेश नं २ सरकारले पठाएको १५ लाख जोडेर राहत कोषमा रु ५८ लाख एक हजार रकम छुट्याएको छ ।

यसैगरी महदेवा गाउँपालिका–४ बलियास्थित वडा कार्यालयमा भेला भएका स्थानीयवासीले राजनीतिक आस्थाका आधारमा विभेद गरिएको तथा अतिगरिब एवं विपन्न परिवार छुटाएको भन्दै नाराबाजी गरेर राहत वितरण स्थगन गरेका छन् ।

अतिविपन्नको नाम समावेश हुनुपर्ने र मापदण्डअनुसार राहत वितरण हुनुपर्ने नाराबाजी गर्नेको माग छ । वडाध्ययक्ष जुगेश्वर साहले राहत वितरणमा काखापाखा नगरिएको दाबी गरे । कूल एक हजार २०० घरधुरी रहेको वडामा ५८० परिवारको नामावली सङ्कलन गरेर सोहीअनुसार वितरण गर्न लाग्दा केही व्यक्तिले अवरोध पुर्‍याएको उनले बताए । छुटेका गरिब, विपन्नलाई पछि राहत दिने प्रतिबद्धता जनाए पनि होहल्ला गरी अशान्ति मच्चाएकाले तत्काल राहत वितरण स्थगन गरिएको उनले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १ : ०२ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा