ओलीको पक्षमा बालुवाटारमा हस्ताक्षर संकलन « Khabarhub

ओलीको पक्षमा बालुवाटारमा हस्ताक्षर संकलन


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षधर सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् ।

बुधवार प्रधानमन्त्री ओलीले सांसदहरुलाई बालुवाटार बोलाएर हस्ताक्षर गराएका हुन् ।

सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको चर्चाका बीच सांसदहरुले हस्ताक्षर गरेका हुन् ।

केपी ओली नेतृत्वको सरकारको प्रतिरक्षाका लागि आफूहरुले हस्ताक्षर गरेको संघीय सांसद कृष्ण राईले जानकारी दिए ।

प्रधानमन्त्री नै फेर्ने तयारी गरेपछि प्रधानमन्त्री ओलीको प्रतिरक्षा गर्नु नै पर्यो, त्यसैले हस्ताक्षर गर्ने काम भयो, राईले भने ।

राइले ओलीको पक्षमा बहुमत सांसदले हस्ताक्षर गरेको दाबी गरे ।

नेकपा सांसद महेश बस्नेतले प्रधानमन्त्री विरुद्ध मोर्चाबन्दी भइरहेको भन्दै हस्ताक्षर संकलनले त्यस्ता मोर्चाबन्दी रोकिने दाबी गरे ।

प्रधानमन्त्री ओली विरुद्ध विभिन्न नाममा मोर्चाबन्दी रहेका छन् । बहुमत सांसदहरुको साथ पाएपछि मोर्चाबन्दी गर्नेहरुले थाहा पाउनेछन् उनले भने ।

सांसद बस्नेतले पार्टी विभाजन रोक्नका लागि बहुमत देखाउनु परेको बताए ।

सांसद बस्नेतले ओलीको पक्षमा १०० भन्दा धेरै सांसद रहेको दाबी गरे ।

नेकपामा १ सय ७२ सांसद रहेका छन् । संसदीय दलमा बहुमतका लागि ८८ सांसद आवश्यक पर्छ ।

पछिल्लो केही दिन यता नेकपाको विवाद उत्कर्षमा पुगेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  २ : ५२ बजे

नेपाल पत्रकार महासंघले मनायो ७१ औँ स्थापना दिवस  

काठमाडौं– नेपाल पत्रकार महासंघले ७१ औँ स्थापना दिवस विभिन्न कार्यक्रमको

एमालेको आन्दोलनमा सबै नेता घरमा, कार्यकर्ताले मात्रै खाए कुटाइ

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै शनिबारदेखि संघर्षको

मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ– थासाङ गाउँपालिकामा निर्माणाधीन लेते–धम्पु प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ

दक्षिणी लेबनानमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

लेबनान– लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति

लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको