लकडाउनका कारण रोकिएको नियमित खोप शुरु « Khabarhub

लकडाउनका कारण रोकिएको नियमित खोप शुरु


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– कोरोना भाइरसले बन्दाबन्दीमा रहेका कारण विगत एक महिनादेखि रोकिएको बालबालिकालाई दिइने नियमित खोप सिन्धुपाल्चोक जिल्लामा शुरु भएको छ ।
नियमितरूपमा दिइँदै आएको बिसीजी, डिपीटी, पोलियो, हेपाटाइटिस, रुवेला, दादुरालगायत खोप रोकिँदा बालबालिकामा अर्को समस्या देखापर्ने भएकाले नियमित गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार खोप शुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

कोभिड–१९ को सङ्क्रमणबाट जोगिन स्वास्थ्यकर्मीलाई मास्क र पञ्जा लगाइ सुरक्षित भएर खोप लगाउन आग्रह गरिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताए । तीन नगरपालिकासहित १२ स्थानीय निकाय रहेको जिल्लाका सबै १०३ वडामा खोप शुरु गरिएको छ । यसबाट दुई वर्षमुनिका छ हजार बढी बालबालिकाले स्वास्थ्य सुविधा प्राप्त गर्ने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैबीच चौतारास्थित जिल्ला समन्वय समितिको भवनमा निर्माण गरिएको आइसोलेसनमा राखिएका दुई महिला र दुई बालिकासहित चार जनाको स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको आएको छ ।

ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लागेपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा क्वारेन्टाइनबाट आइसोलेसनमा राखिएको थियो । उनीहरु सबैको स्वाब परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ भएकाले उनीहरुलार्ई आजै घर पठाइने वरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईंले बताए ।

एम्बुलेन्समार्फत प्रदेश नं २ को सिरहाबाट चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउले माइत आएकी आमाछोरी र उनको सङ्सर्गमा आएकी एक महिला र बालिकासमेतलाई शुरुमा क्वारेन्टाइनमा र पछि आइसोलेसनमा राखिएको थियो ।

यसअघि जिल्लामा आठ जनालाई आइसोलेसनमा राखिएकामा सबैको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइसकिएको छ । हाल ४७ जनालाई क्वारेन्टाइनमा राखिएको बताइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ३ : ३१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल