भारत- भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले राजस्थान राज्यमा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै राजस्थानमा मात्रै कोरोना संक्रमितको संख्या २ हजार ३९३ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
राजस्थानमा देखिएका कोरोना पीडितमध्ये ७८१ जना निको भएर घर फर्किएका छन् । सो राज्यमा कोरोना भाइरसको सक्रमणबाट ५२ व्यक्तिको मृत्यु भएको छ ।
भारतभरी मंगलबार कोरोना संक्रमित ७३ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोना संक्रमितमध्ये एक हजार ८ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोना संक्रमितको संख्या हालसम्म ३१ हजार ३३२ पुगेको छ । ७ हजार ७४७ जना उपचारपछि घर फर्किएका छन् भने २२ हजार ५७७ जनाको उपचार भइरहेको छ ।
प्रतिक्रिया