११ लाख ५० हजारसहित वीरगन्जबाट हुण्डी कारोबारी पक्राउ « Khabarhub

११ लाख ५० हजारसहित वीरगन्जबाट हुण्डी कारोबारी पक्राउ


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले वीरगन्जबाट स्रोत खुल्न नसकेको (अवैध) ११ लाख ५० हजार रुपैयाँसहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ इनर्वा बस्दै आएका २९ वर्षीय लालबाबु कुमार यादव छन् । प्रहरीका अनुसार उनी हुण्डी कारोबारी हुन् ।

सरकारले कोरोना भाइरसको संक्रमण रोक्न जारी गरेको लकडाउनको समयमा हुण्डी कारोबारीहरु सक्रिय भएको सूचनाका आधारमा पर्सा प्रहरीले विशेष सतर्कता बढाएको थियो ।

बुधबार बिहान १ जना हुण्डी कारोबार भारतबाट अवैध रकम ल्याएर नेपालतर्फ आउँदै छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले यादवलाई पक्राउ गरेको हो ।

ना ६२ प ९५७१ नम्बरको मोटरसाइकलमा भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेका यादवलाई बुधबार दिउँसो ३ः३० बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : १७ बजे

नेपाल पत्रकार महासंघले मनायो ७१ औँ स्थापना दिवस  

काठमाडौं– नेपाल पत्रकार महासंघले ७१ औँ स्थापना दिवस विभिन्न कार्यक्रमको

एमालेको आन्दोलनमा सबै नेता घरमा, कार्यकर्ताले मात्रै खाए कुटाइ

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै शनिबारदेखि संघर्षको

मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ– थासाङ गाउँपालिकामा निर्माणाधीन लेते–धम्पु प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ

दक्षिणी लेबनानमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

लेबनान– लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति

लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको