११ लाख ५० हजारसहित वीरगन्जबाट हुण्डी कारोबारी पक्राउ | Khabarhub Khabarhub

११ लाख ५० हजारसहित वीरगन्जबाट हुण्डी कारोबारी पक्राउ


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले वीरगन्जबाट स्रोत खुल्न नसकेको (अवैध) ११ लाख ५० हजार रुपैयाँसहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ इनर्वा बस्दै आएका २९ वर्षीय लालबाबु कुमार यादव छन् । प्रहरीका अनुसार उनी हुण्डी कारोबारी हुन् ।

सरकारले कोरोना भाइरसको संक्रमण रोक्न जारी गरेको लकडाउनको समयमा हुण्डी कारोबारीहरु सक्रिय भएको सूचनाका आधारमा पर्सा प्रहरीले विशेष सतर्कता बढाएको थियो ।

बुधबार बिहान १ जना हुण्डी कारोबार भारतबाट अवैध रकम ल्याएर नेपालतर्फ आउँदै छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले यादवलाई पक्राउ गरेको हो ।

ना ६२ प ९५७१ नम्बरको मोटरसाइकलमा भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेका यादवलाई बुधबार दिउँसो ३ः३० बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : १७ बजे

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।

मरिचका बिरुवा बेचेर मनग्य आम्दानी

गण्डकी- पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष

गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको