नेकपाभित्रको समस्या हल गर्न मन्त्री भूसालका सुझाव « Khabarhub

नेकपाभित्रको समस्या हल गर्न मन्त्री भूसालका सुझाव


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवादमा रुमलिएको छ । समूह समूह बनाएर नेताहरु छलफलमा जुटेपछि बुधबार सचिवालय बैठक बसेको छ ।

पार्टीभित्रको विवाद समाधान सम्वाद र छलफलबाट मात्र हुने सुझाव नेताहरुले दिँदै आएका छन् । यसबीचमा कृषि मन्त्रीसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य घनश्याम भूसालले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्ठी (नेकपा)मा देखिएको समस्या समाधान गर्न सुझाव दिएका छन् ।

भूसालले नहडबडाई संवाद गरेर संस्थागत प्रणालीभित्रै समाधान खोज्न सकिने सुझाएका हुन् । उनले भनेका छन्, ‘पहिलो, नहडबडाउँ, दोस्रो संवाद गरौं र तेस्रो, संस्थागत प्रणालीभित्रै समाधान खोजौं ।’

अहिले देशले सबै पार्टी सदस्यबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको बताउँदै उनले त्यो सुझाव व्यक्त गरेका हुन् ।

‘२०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो र २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गयो,’ भूसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०६४ र ६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो । र विभाजनको प्रक्रियामा गयो ।’

समस्याले उपयुक्त समाधान खोज्ने र अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउने बताउँदै उनले भनेका छन्, ‘आज नेकपा असाधारण शक्ति र प्रभावकासाथ उपस्थित छ । र यसमा समस्या थपिँदै गएका छन् ।’

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : ४५ बजे

नेपाल पत्रकार महासंघले मनायो ७१ औँ स्थापना दिवस  

काठमाडौं– नेपाल पत्रकार महासंघले ७१ औँ स्थापना दिवस विभिन्न कार्यक्रमको

एमालेको आन्दोलनमा सबै नेता घरमा, कार्यकर्ताले मात्रै खाए कुटाइ

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै शनिबारदेखि संघर्षको

मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ– थासाङ गाउँपालिकामा निर्माणाधीन लेते–धम्पु प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ

दक्षिणी लेबनानमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

लेबनान– लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति

लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको