नेकपाभित्रको समस्या हल गर्न मन्त्री भूसालका सुझाव | Khabarhub Khabarhub

नेकपाभित्रको समस्या हल गर्न मन्त्री भूसालका सुझाव


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवादमा रुमलिएको छ । समूह समूह बनाएर नेताहरु छलफलमा जुटेपछि बुधबार सचिवालय बैठक बसेको छ ।

पार्टीभित्रको विवाद समाधान सम्वाद र छलफलबाट मात्र हुने सुझाव नेताहरुले दिँदै आएका छन् । यसबीचमा कृषि मन्त्रीसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य घनश्याम भूसालले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्ठी (नेकपा)मा देखिएको समस्या समाधान गर्न सुझाव दिएका छन् ।

भूसालले नहडबडाई संवाद गरेर संस्थागत प्रणालीभित्रै समाधान खोज्न सकिने सुझाएका हुन् । उनले भनेका छन्, ‘पहिलो, नहडबडाउँ, दोस्रो संवाद गरौं र तेस्रो, संस्थागत प्रणालीभित्रै समाधान खोजौं ।’

अहिले देशले सबै पार्टी सदस्यबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको बताउँदै उनले त्यो सुझाव व्यक्त गरेका हुन् ।

‘२०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो र २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गयो,’ भूसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०६४ र ६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो । र विभाजनको प्रक्रियामा गयो ।’

समस्याले उपयुक्त समाधान खोज्ने र अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउने बताउँदै उनले भनेका छन्, ‘आज नेकपा असाधारण शक्ति र प्रभावकासाथ उपस्थित छ । र यसमा समस्या थपिँदै गएका छन् ।’

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : ४५ बजे

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।

मरिचका बिरुवा बेचेर मनग्य आम्दानी

गण्डकी- पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष

गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको