सेनाले चीनबाट एक साताभित्र स्वास्थ्य सामग्री ल्याउने « Khabarhub

सेनाले चीनबाट एक साताभित्र स्वास्थ्य सामग्री ल्याउने


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेनाले चीनसँग खरिद गरेका स्वास्थ्य उपकरण तथा सामग्री एक सातभित्र ल्याउने भएको छ ।

बुधबार चीनले ‘लेटर अफ एसेपटेन्स’ पठाएसँगै सेनाले स्वास्थ्य उपकरण ल्याउने भएको हो।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सकेसम्म २३ बैशाखमा नेपालबाट स्वास्थ्य सामाग्री लिन जहाज पठाउने तयारी भइरहेको जानकारी दिए ।

उनले चीन सरकारलाई सामाग्री ढुवानी गर्ने एजेन्टका बिषयमा जानकारी गराइसकिएको बताए । उनले केही स्वास्थ्य सामग्री दुई वटा जहाजमा र अन्य सामाग्री स्थलमार्गबाट ल्याउने तयारी गरेको जानकारी दिए ।

नेपाली सेनाले कोभिड–१९ नियन्त्रण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरीद गर्न चिनियाँ कम्पनीसँग सबै प्रक्रिया टुङ्गयाए पनि उताबाट जवाफ नआउदा रोकिएको थियो ।

चीनले खरिद गरिएका सामाग्री ग्वान्जाउसम्म ल्याइदिने सहमति भएको छ ।

सेनाले स्वास्थ्य, रक्षा र अर्थ मन्त्रालयको समन्वयमा चीनसँग स्वास्थ्य सामग्री खरीद प्रक्रिया टुङ्गाएको हो। स्वास्थ्य सामग्री सरकारसँग सरकार (जीटूजी) माध्यमबाट खरीद गर्न सरकारले निर्देशन दिएको एक सातामा सेनाले प्रक्रिया पुरा गरेको थियो ।

सेनाले अर्थ मन्त्रालयको सहमतिमा चीनको सरकारी स्वामित्वको चाइना सिनोफार्म इन्टरनेशनल कर्पोरेशनलाई ८ चैतमा १ करोड ८४ लाख ४१ हजार ७०६ अमेरिकी डलर (रु.२ अर्ब २४ करोड ४९ लाख) भुक्तानी गरिसकेको छ ।

सेनाले चीनबाट ६७ थरीका स्वास्थ्य र उपकरण सामग्री खरीद गरेको छ।  सरकारले १६ चैतमा स्वास्थ्य सामग्री खरीदको जिम्मा सेनालाई दिने निर्णय मन्त्रिपरिषद्बाट गरेको थियो।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ८ : ५७ बजे

नेपाल पत्रकार महासंघले मनायो ७१ औँ स्थापना दिवस  

काठमाडौं– नेपाल पत्रकार महासंघले ७१ औँ स्थापना दिवस विभिन्न कार्यक्रमको

एमालेको आन्दोलनमा सबै नेता घरमा, कार्यकर्ताले मात्रै खाए कुटाइ

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै शनिबारदेखि संघर्षको

मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ– थासाङ गाउँपालिकामा निर्माणाधीन लेते–धम्पु प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ

दक्षिणी लेबनानमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

लेबनान– लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति

लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको