हिरासतमा राखिएका व्यक्तिको मृत्यु भएपछि अमेरिकाको मिनेसोटामा प्रदर्शन « Khabarhub

हिरासतमा राखिएका व्यक्तिको मृत्यु भएपछि अमेरिकाको मिनेसोटामा प्रदर्शन


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिरासतमा राखिएका एक व्यक्तिको मृत्यु भएपछि अमेरिकाको मिनेसोटा राज्यमा प्रदर्शन भएको छ ।

प्रदर्शनका क्रममा मिनियापोलसमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ ।

लगातारको प्रदर्शनले दोस्रो दिन पनि मिनेसोटा क्षेत्रको अवस्था तनावग्रस्त बनेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रदर्शनकारीले प्रहरीलाई ढुंगा प्रहार गरेपछि अश्रुग्यास प्रहार गरिएको छ ।

श्वेत प्रहरी अधिकारीले जर्ज फ्लोइड नाम गरेका अश्वेत व्यक्तिलाई पक्राउ गर्ने क्रममा बाटोमै घाँटीमा घुँडाले च्यापेको सार्वजनिक भएपछि उक्त प्रकरणमा रंगभेदको मुद्दा मिसिएको छ ।

तस्वीर : एपी

फ्लोइडको गएको सोमबार निधन भएपछि शिकागो, इलोनाइस, लस एन्जलस, क्यालिफोर्निया र टेनिसीको मेम्फिससहितमा पनि प्रदर्शन भएका छन् ।

हिरासतमा लिइएका उनको निधनपछि सामाजिक सञ्जालमा भिडियो भाइरल भएको थियो । उक्त प्रकरणपछि मिनियापोलस प्रहरी अधिकारीलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ९ : १३ बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण