पिताको पहिलो पुण्यतिथिमा अजय देवगनको भावुक म्यासेज « Khabarhub

पिताको पहिलो पुण्यतिथिमा अजय देवगनको भावुक म्यासेज


१६ जेष्ठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडको चर्चित नाममा आफ्नो नाम दर्ज गर्न सफल ब्यक्तिहुन्, विरू देवगन । बलिउड अभिनेता अजय देवगनका पितासमेत रहेका विरू देवगनलाई पहिचानको कुनै परिचय आवश्यक पर्दैन । २७ मे २०१९ मा ७७ बर्षको उमेरमा निधनभएका विरु देवगन चर्चित द्धन्द्ध निर्देशक थिए ।

बुधबार विरू देवगनको पहिलो बार्षिकी थियो । जसमा अजय देवगनले इन्स्टाग्राममा पिताबारे लेखेको एउटा म्यासेज भावुक थियो । पिताको स्मरणमा अजयले भावुक हुदैं लेखेका थिए, ‘प्यारे पिताजी, एक साल हो गया है आपको हमें छोड़कर गए हुए । लेकिन मैं आपको अपने आसपास महसूस कर सकता हूं । शांत, देखभाल करने वाला, सुरक्षात्मक आप हमेशा हमारे साथ मौजूद रहेंगे ।’ अजयले इन्स्टाग्राममा पिताका साथ केहि तस्वीरहरुको एक भिडियो पनि शेयर गरेका थिए ।

अजय देवगनलाई बलिउडमा प्रवेश गराउन र अगाडी बढाउन विरुको निकै ठुलो हात थियो । अजय आफै पनि पिताका निकै निकट थिए । अजयको यस पोष्टमा उनका फ्यानले कमेन्टमा सान्त्वना दिइरहेका छन् ।

विरु देवगनले हिन्दि फिल्म रोटी कपडा और मकानबाट द्धन्द्ध निर्देशकका रुपमा काम शुरु गरेका थिए । त्यस अलवाउनले दर्जनौ फिल्ममा द्धन्द्ध निर्देशकको भुमिका निभाए । सन् १९९९ को फिल्म हिन्दुस्तानकी कसममा उनले निर्देशकका रुपमा समेत काम गरेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  १० : ३२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको