स्वास्थ्य परीक्षणबिना भित्र्याइँदा जोखिम बढ्यो | Khabarhub Khabarhub

स्वास्थ्य परीक्षणबिना भित्र्याइँदा जोखिम बढ्यो


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- भारतमा तीव्ररूपमा कोरोना सङ्क्रमण फैलिएपछि रोजगार तथा अध्ययनका लागि भारत गएका नेपाली स्वदेश फर्कने क्रम बढेसँगै भारतबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षणबिना भित्र्याइँदा यहाँ जोखिम बढेको हो ।

कैलालीको गौरिफन्टा नाका हुँदै पछिल्लो दुई सातामा २३ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश भित्रिएको तथ्याङ्क छ । नेपाल–भारत सीमा गौरिफन्टा नाकाबाट जेठ २ गतेबाट स्वदेश फर्कने नागरिकको उद्धार थालिएकामा हालसम्म २३ हजारभन्दा बढीलाई नेपाल प्रवेश गराइसकिएको छ । जेठ २ गतेबाट नेपाल भित्र्याउन थालिएकामा सबैभन्दा बढी १३ गते पाँच हजार २४२ भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले सामग्री अभावका कारण नाकामै परीक्षणको व्यवस्था मिलाउन नसकिएको बताए । ‘शुरुमा भित्रनेको सङ्ख्या कम हुँदा त्यो प्रयास गरेकै हौँ तर त्यसको केही समयकै आउनेको सङ्ख्या पनि बढ्यो र स्वास्थ्य सामग्री अभाव भएपछि हामीले परीक्षण रोक्नुपर्ने बाध्यता भयो’, जोशीले भने । अहिले परीक्षणबिना नै सम्बन्धित स्थानीय तहमा नागरिकलाई पठाइरहेको उनको भनाइ छ ।

भारतबाट फर्किएकालाई यसरी स्वास्थ्य परीक्षण नगरी सोझै पालिकामा पठाउँदा कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिने चिन्ता बढेको छ । तर, प्रदेश सरकारले भने परीक्षणको व्यवस्था मिलाउन सकेको छैन ।

जोखिम क्षेत्रबाट आएकालाई सोझै पालिकामा पठाउने प्रदेश सरकारको कार्यप्रति कैलालीको लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईँले विमति जनाउनुभयो । उनले भने, ‘प्रदेश सरकारले सीमामै भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गरिदिएको भए गज्जब हुने थियो, सङ्क्रमणको डर पनि हट्ने थियो तर त्यसो भएन ।’

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी पनि प्रदेश सरकारको कामदेखि असन्तुष्ट छन् । नगरप्रमुख चौधरी प्रत्येक दिन भारतबाट कम्तीमा १०० जना आफ्नो पालिकामा आइरहेको हुनाले व्यवस्थापनमा समस्या भएको बताउँछन् । त्यसका साथै सही व्यवस्थापन नगरेका कारण कोरोनाको जोखिम अझै बढ्न सक्ने अनुमान रहेको प्रमुख चौधरीले बताए ।

यता सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले भारतबाट फर्किएकालाई १४ दिन क्वारेन्टिनमा राखेपछि उनीहरूको परीक्षण गरेर घर पठाउने अवस्था बताउँछन् । उनले सुदूरपश्चिममा आवश्यक स्वास्थ्य सामग्री खरिद भएर आउने क्रममा रहेको हुनाले परीक्षणको दायरा बढ्ने बताए ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ११ : १९ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला