कोरोना महामारीलाई मध्यनजर गर्दै ‘अब जनता बोल्छन्’ कार्यक्रम आउँदै « Khabarhub

कोरोना महामारीलाई मध्यनजर गर्दै ‘अब जनता बोल्छन्’ कार्यक्रम आउँदै


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना महामारीलाई मध्यनजर गर्दै ‘अब जनता बोल्छन्’ कार्यक्रम सञ्चालन हुने भएको छ । पब्लिक न्युज एजेन्सीले ‘अब जनता बोल्छन्’ नामक कार्यक्रम ल्याउने भएको हो ।

कार्यक्रममा आम जनताले भोग्दै आएका सबै प्रकारका अप्ठ्यारालाई समेट्ने छ । नागरिकले भोग्दै आएका झिना मसिना समस्या सबै मिडियाको पँहुचमा नपुग्ने र आम मिडियाहरुले ठूला बिषय मात्रै समेट्ने गरेको भन्दै पब्लिक न्युज एजेन्सीले नयाँ कार्यक्रममार्फत जनताका समस्या सम्बोधन गर्न यस्तो कार्यक्रम ल्याउन लागेको हो ।

कार्यक्रममा जनताका गुनासा, समस्याहरु राज्यसमक्ष पुर्याउने उदेश्य राखिएको एजेन्सीले जनाएको छ । कोरोना महामारीका क्रममा नागरिकले भोग्दै आएको पीडाबारे पब्लिक न्युजको फेसबुक पेज अथवा वीट्रान्सफरमा भिडियो अपलोड गरी लिंक PNA को फेसबुक म्यासेन्जर अथवा +977-981-7643601 मा भाइबर अथवा ह्वाटसएपमार्फत् पठाउन सकिनेछ ।

त्यस्तै नागरिकले आफ्ना कुरालाई @PNANepal मेन्सन गरी र #AbaJanataBolchhan #अबजनताबोल्छन् ह्याजट्यागको प्रयोग ट्वीटमार्फत पनि राख्न सक्नेछन् । ती जनताका आवाजहरुलाई सरकार, सम्बन्धित निकाय तथा स्थानीय सरकारसम्म पुर्‍याउने एजेन्सीले जनाएको छ ।

हरेक नागरिक पत्रकार भन्ने मान्यताको जगमा रही नागरिकबाट प्राप्त अडियो, भिडियो सामग्रीहरुको संकलन, पुष्टि तथा प्रशारणको नियमित प्रक्रिया नै “अब जनता बोल्छन्”को कार्यक्रमको नियमित श्रोत सामग्री हुनेछ ।

हप्ताको ३ दिन शनिबार, सोमबार तथा शुक्रबार राति ८ बजे कार्यक्रम प्रशारण हुनेछ । कार्यक्रममा नेपालमा संक्रमितहरुको विभिन्न ठाउँको अवस्था तथा केन्द्र लगायत स्थानीय सरकारको गतिविधिको प्रभाव, अभाव सहित जानकारी दिइनेछ ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  १२ : ०४ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका