कुहियो स्याउ, कुँडियो मन « Khabarhub

कुहियो स्याउ, कुँडियो मन


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- दार्चुला जिल्लाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ छाङरु (गागा) का जितबहादुर बोहराको बारीमा फलेको स्याउ यसपालि बिक्री भएन ।

विगतमा स्याउ लिन आउने भारतीय व्यापारी यसपालि आएनन् । नेपाली बजार दार्चुलामा स्याउ बिक्री गर्न लैजाने हो भने खच्चरको भाडा जोड्दा मूल्यभन्दा दोब्बर लागत पर्ने देखियो । त्यसैले उनले गते असोज/कात्तिक महिनाभरि व्यापारीको बाटो कुरे । तर कोही नआएपछि उनी मन कुँड्याउँदै स्याउ घरभित्रै पोको पारेर राख्न बाध्य भए ।

सकेसम्म नकुहियोस् भनेर घरमा भएका डेक्ची, खँड्कुलो, प्याष्टिकका भाँडा, बोरालगायत घरमा भेटेसम्मको भाँडाकुँडामा टम्म पारेर स्याउ कोचेर राखेका थिए । यसरी कोच्नु उनको बाध्यता थियो, किन कि जाडोले हिउँ जमेर गाउँमा बस्न सक्ने अवस्था नभएपछि नबिकेको स्याउ घरभित्र छाडेर गएको कात्तिकमा उनको परिवार दार्चुला झर्नुपर्छ । जाडोले गाउँमा ६ महिनामात्रै बस्न सकिन्छ ।

जाडो छल्न जानेहरु अघिपछि सामान्यतः चैतमा घर फिर्छन् । तर यसपालि कोरोनाको सङ्क्रमणका कारण भएको लकडाउनले असर गर्‍यो । उनलाई पनि त्यसले छोयो ।

छाङरु आउनलाई भारतको बाटो भएर आउनुपर्छ । नेपालबाट बाटो छैन । दार्चुलाबाट झण्डै ८० किलोमिटरको दूरीमा रहेको छाङरुमा हिँडेर आउन झण्डै पाँच दिन लाग्छ । यसपालि कोभिड-१९ सङ्क्रमणका कारण भारतले बाटो प्रयोग गर्न दिएन । सबै गाउँले अड्किए । उनी गत वैशाख ३१ गते सशस्त्र प्रहरीको सीमा निगरानी चौकी स्थापनाका लागि प्रयोग भएको सेनाको हेलिकप्टर चढेर घर पुगे । उनकै घर भाडामा लिएर अहिले सशस्त्रले पोष्ट राखेको छ ।

घर पुग्न नपाउँदै शुरुमा घरमा राखेको स्याउको अवस्था के छ भनेर उनले हेरे । विडम्बना सबै खान नहुने गरी कुहिएको फेला पर्‍यो । ‘अघिपछि चिसोमा बिग्रिँदैनथ्यो, यसपालि आउन ढिला भयो, त्यसैले बिग्रिएछ, ठूलै घाटा लाग्यो’, मन खिन्न पार्दै उनले भने ।

छाङरुमा उनको तीन रोपनी जग्गा छ । यहाँ स्याउका ६०० बोट छ । अर्को एक भूभू भन्ने स्थानमा ८०० बोट स्याउ छ । उनका अनुसार वर्षमा २० देखि ३० क्विन्टलसम्म स्याउ फल्छ । गाउँका ११५ घरमध्ये सबैभन्दा धेरै स्याउ फलाउने उनै हुन । अन्य व्यक्तिको बारीमा दुई/चार बोटका दरले स्याउ छ ।

अघिल्लो वर्ष प्रतिकिलो भारु ७० मा बिक्री भएको स्याउ किन्न यसपालि भारतीय व्यापारी नआउँदा त्यसै थन्किएको हो । सीमा जोडिएकाले नजिक नेपाली बजार नहुँदा सबै उत्पादनको बिक्री केन्द्र भारत हो । गएको वर्ष ती भारतीय व्यापारी स्याउ किन्न आएनन् । उनीहरुले अन्य ठाउँबाटै स्याउ लगेको उनी बताउँछन् ।

आफ्नै क्षमताले दार्चुला पुर्‍याउन बाटो नभएको र खच्चडलाई बोकाएर लैजाँदा महँगो हुने भएकाले दार्चुला लैजान नसकिएको उनले बताए । ‘यसपालि सबै खेर गयो, के गर्नु नेपालमा बाटो भइदिएको भए बजार लगेर बेच्नुहुन्थ्यो’, कुहिएको स्याउ देखाउँदै उनले भने ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ३ : ०४ बजे

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी