सबैभन्दा धेरै कोरोना संक्रमित प्रदेश २ मा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

सबैभन्दा धेरै कोरोना संक्रमित प्रदेश २ मा, कुन प्रदेशमा कति ?


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका बिरामी प्रदेश २ मा सबैभन्दा धेरै देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमार्फत मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रदेश २ मा सबैभन्दा धेरै संक्रमित रहेको जानकारी दिएका हुन् ।

प्रवक्ता डा देवकोटाका अनुसार शुक्रबारसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ सय ५७ पुगेको छ । प्रदेश १ का ८ जिल्लामा कोरोना संक्रमण देखिएको छ । यस्तै प्रदेश २ मा कुल संक्रमितको संख्या ४ सय ९० पुगेको छ । प्रदेश २ का ८ वटै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै बागमती प्रदेशमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागमती प्रदेशमा १२ जिल्लामा संक्रमण देखिएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार गण्डकी प्रदेशमा ५ जिल्लामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यस्तै प्रदेश ५ को ९ वटा जिल्लामा ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यस्तै कर्णाली प्रदेशका ३ जिल्लामा ४७ जना संक्रमित देखिएका छन् भने सुदुरपश्चिमका ७ जिल्लामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ जना पुगेको छ । जसमध्ये १ हजार १ सय ३ जना पुरुष र १ सय ९ जना महिला रहेका छन् । ती मध्ये २ सय ६ जना निको भएर घर फर्किएका छन् । कोरोना निको हुनेमा १६२ जना पुरुष र महिला ४४ जना रहेका छन् । नेपालमा हालसम्म ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ५ : ४५ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र