पुनःनिर्माणमा कोरोना जोखिम न्यूनीकरण मापदण्ड स्वीकृत « Khabarhub

पुनःनिर्माणमा कोरोना जोखिम न्यूनीकरण मापदण्ड स्वीकृत


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणका काम गर्दा कोभिड–१९ संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत गरेको छ।

मापदण्ड आज बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले स्वीकृत गरेको हो। मापदण्डमा निजी आवास, स्वास्थ्य, शिक्षा, सम्पदालगायतका क्षेत्रमा बाँकी रहेका पुनःनिर्माणका काम शुरु गर्दा कार्यस्थल व्यवस्थापन, सामग्री आपूर्ति, जनशक्तिको कार्य व्यवस्थापन, स्थानीय प्रशासन, स्थानीय तह र अन्य सरोकार भएका पक्षको भूमिका उल्लेख गरिएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले मापदण्ड तयार भएकाले पुनःनिर्माणका काम अघि बढाउन सहज हुने बताए। मापदण्डअनुसार पुनःनिर्माण गर्दा सम्बन्धित निर्माण व्यवसायी वा उपभोक्ता समितिले उपलब्ध भएसम्म कार्यस्थल रहेको बस्ती, वडा, स्थानीय तह र जिल्लाको जनशक्ति प्रयोग गर्नु पर्नेछ।

सम्बन्धित स्थानीय तहभन्दा बाहिरका जनशक्ति परिचालन गर्नुपर्दा स्थानीय तहको वडा कार्यालयसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। यस्तै कामदारलाई काममा लिनु अघि स्थानीयस्तरमा उपलब्ध भएको स्वास्थ्य परीक्षणबाट कोरोना भाइरसको लक्षण नभएको कुरा यकिन गर्ने, परीक्षणको विवरण राख्ने, कामदारलाई कार्यस्थल वा सोको नजिक उपयुक्त स्थानमा अस्थायी बसोबास स्थलको व्यवस्था गरी राख्ने, सुपरीवेक्षकको अनुमति विना कामदार कार्यस्थलबाट अन्यत्र आफूखुशी हिँडडुल गर्न नपाउनेलगायतका व्यवस्था गरिएको छ।

सम्बन्धित निर्माण व्यवसायी र उपभोक्ता समितिले प्रत्येक कामदारलाई संक्रमण जोखिमबाट बच्ने उपायको बारेमा स्पष्ट पार्न काममा लगाउनु पूर्व कोरोना भाइरससम्बन्धी सामान्य जानकारी, भाइरस संक्रमण हुने प्रक्रिया, संक्रमित व्यक्तिमा देखा पर्न सक्ने लक्षण र संक्रमण जोखिम रोकथाम र नियन्त्रण सम्बन्धमा अपनाइनु पर्ने उपायबारे जानकारी गराउनुपर्ने प्राधिकरणले जनाएको छ।

मापदण्डअनुसार कार्यस्थल र क्याम्पमा हातमुख धुनका लागि साबुनपानीको बन्दोबस्त, मास्कको उपलब्धता, ज्वरो नाप्नको लागि थर्मोमिटर, १० जना बढी जनशक्ति परिचालित हुने स्थलमा थर्मोगनको उपलब्धता, न्यूनतम सामाजिक र भौतिक दूरी कायम हुनुपर्ने, खानेपानीको व्यवस्थाका लागि सबै कामदारलाई आ आफ्नो बोतल वा भाँडोको उपलब्धता हुनुपर्ने लगायतका न्यूनतम सुविधा उपलब्ध हुनु पर्नेछ।

निजी आवास पुनःनिर्माण शुरु गर्नुभन्दा पहिले सम्बन्धित वडा कार्यालयलाई सोको जानकारी गराई प्राप्त सुझावबमोजिम मात्र काम प्रारम्भ गर्नुपर्नेछ। उपलब्ध भएसम्म स्थानीय कामदारलाई काममा लगाउनु पर्नेछ। स्थानीयस्तरमा कामदार उपलब्ध नभई बाहिरबाट कामदार ल्याउनुपरेमा सम्बन्धित स्थानीय तहको सिफारिससहित सहजीकरणको लागि जिल्ला आयोजना कार्यान्वयन एकाइलाई अनुरोध गर्नु पर्नेछ। कार्यस्थलमा अनिवार्यरुपमा साबुनपानी, मास्क, शौचालय र सरसफाइको व्यवस्था मिलाउनु पर्नेछ।

यसैगरी खाद्य आपूर्ति तथा ज्याला भुक्तानी, कोरोना भाइरसको लक्षण देखिएमा अपनाउने सतर्कता, निर्माण सामग्रीको आपूर्ति व्यवस्थापन, कार्यालय तथा बैठक व्यवस्थापन, समन्वय, सहजीकरण र अनुगमन ्सम्बन्धी मापदण्ड पनि तोकिएको छ।

यो मापदण्ड पुनःनिर्माण्सम्बन्धी सम्पूर्ण सरोकार भएका निकायले बन्दाबन्दी कायम रहेको वा नरहेको अवस्थामा पनि अनिवार्यरुपमा पालना गर्नुपर्नेछ। गत वैशाख २४ गतेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षा सम्बन्धी विभिन्न मापदण्डको पालना गरी विकास आयोजनासम्बन्धी काम शुरु गर्न सकिने निर्णय गरेको थियो।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  १० : ५८ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को