एफए कप सेमिफाइनल समीकरण पूरा, सर्वाधिक सफल तीन क्लब अन्तिम चारमा « Khabarhub

एफए कप सेमिफाइनल समीकरण पूरा, सर्वाधिक सफल तीन क्लब अन्तिम चारमा


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एफए कप फुटबलको सेमिफाइनलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीसँग र म्यान्चेस्टर सिटीले आर्सनल सँग खेल्ने भएको छ ।

सोमबार बिहान सेमिफाइनल समीकरण पूरा भएपछि ड्र गरिएको थियो ।

शीर्ष चारमा एफए कपका सफल टोलीहरु रहेका छन् । एफए कपमा १३ पटक उपाधि उचालेको आर्सनलको सामना गर्न लागेको सिटीले क्वाटरफाइनलको अन्तिम खेलमा न्यूक्यासललाई २-० गोलले पराजित गरेको हो ।

नर्भिच सिटीलाई पराजित गर्दै सेमिफाइनल पुगेको युनाइटेडले एफए कपको उपाधि १२ पटक उचालिसकेको छ भने लेस्टर सिटीलाई क्वाटरफाइनलमा पराजित गरेको चेल्सीले ८ पटक एफए कप उपाधि जितिसकेको छ ।

सेमिफाइनलका दुवै खेल विम्वलेमा जुलाई १८ र १९ मा हुनेछ भने फाइनल अगस्ट एकमा विम्वलेमै हुनेछ ।

सेमिफाइनलमा भिड्न लागेका युनाइटेड र चेल्सीले सन् २०१८ को एफए कप फाइनल खेलेका थिए । जुन सिजनमा चेल्सी विजेता बनेको थियो ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ६ : ५० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।