त्रिभुवन विश्वविद्यालयको ६१औं स्थापना दिवस मनाइँदै | Khabarhub Khabarhub

त्रिभुवन विश्वविद्यालयको ६१औं स्थापना दिवस मनाइँदै


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले आज सोमबार ६१औं स्थापना दिवस मनाउँदै छ ।

लकडाउनका कारण गत चैत ७ गतेदेखि बन्द रहेको विश्वविद्यालयले आउँदो दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थी संख्यासहितको ग्रेस लिस्ट पारित गर्ने भएको छ ।

त्रिविसभाको बैठकले ग्रेस लिस्ट पास गरेपछि ती विद्यार्थी पुसमा आयोजना हुने दीक्षान्त समारोहमा सहभागी हुने छन् । सभाले ५६ हजार ७ सय १३ जनाको ग्रेस लिस्ट पास गर्नेछ ।

विसं २०७६ असार १ गतेदेखि २०७७ जेठ मसान्तसम पीएचडीदेखि स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीको नाम ग्रेस लिस्टमा समावेश हुनेछ ।

प्रधानमन्त्री एवं त्रिविका उपकुलपति केपी शर्मा ओलीको उपस्थिति नहुने भएपछि सभाको अध्यक्षता सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेल गर्नेछन् ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ७ : २७ बजे

कुलमानको पार्टीमा नायिका रिमादेखि देउवासँग चुनाव लडेका सागर र मन्त्री हुन नपाएकी टासीसम्म

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले अन्तत: राजनीतिमा हात हालेका छन्। कुनैबेला

वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक

मतदाता नामावली दर्ता गराउनेको चाप बढ्यो, निर्वाचन कार्यालय बिहान ८ बजेदेखि सञ्चालन

भेरीगङ्गा– सुर्खेतमा मतदाता नामावली दर्ता गराउनेको चाप बढेको छ ।

माओवादी रामप्रसाद गाउँकमिटीले भन्यो : विचार र पहिचान गुमाउने एकता चाहिँदैन

भोजपुर- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भोजपुरस्थित रामप्रसादराई गाउँ