यस्तो छ खेलाडी अभ्यासमा फर्काउने एन्फाको योजना « Khabarhub

यस्तो छ खेलाडी अभ्यासमा फर्काउने एन्फाको योजना


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फुटबलको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले नोबेल कोरोना भाइरस (कोभिड १९) ले गर्दा रोकिएको राष्ट्रिय टोलीको अभ्यास सुरु गर्न प्रारम्भिक तयारीका लागि चरणबद्ध योजना बनाएको छ ।

एन्फाले खेलाडीलाई अभ्यासमा फर्काउन पहिलो चरणका रुपमा सरकारको अनुमतिसहित ७० जनाको पीसीआर परीक्षणका  लागि पत्र पठाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत् युवा तथा खेलकुद मन्त्रालयमा एन्फाको पत्र अहिले विचाराधीन छ ।

बुधबार राखेपको पत्र मन्त्रालय पुगे पनि त्यो अगाडि बढ्न सकेको छैन । फागुन अन्तिममा राखेप र मन्त्रालयले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि खेलकुद गतिविधि रोक्न निर्देशन दिएको थियो ।

कोरोनाको जोखिम नघटेपछि राखेपमार्फत् संघहरु नै सरकारलाई अभ्यासका लागि घचघच्याउन थालेका छन् । यद्यपि सरकारले भने मनोरञ्जन र खेलकुद क्षेत्रलाई आफ्नो प्राथमिकताको पाँचौं चरणमा राखेको छ ।

एन्फाले असोजमा दशरथ रंगशालामा हुने तय भएको फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ अन्तरगतको संयुक्त छनोटका लागि अभ्यास सुरु भन्दै सरकारको अनुमति मागेको हो ।

एन्फाले जुलाई १५ देखि अभ्यास सुरु गर्ने गरी तयारीमा लागेको नेपाली टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले बताए ।

यसरी फर्किनेछन् नेपाली खेलाडी अभ्यासमा

१ पहिलो चरणमा सम्बन्धित मन्त्रालयको स्वीकृति लिने,
२ मन्त्रालयको निर्देशिका अध्ययन गर्ने,
३ फिफा र एएफसीबाट प्राप्त गाइडलाइन पालना गर्ने,
४ स्वास्थ्य सम्बन्धी निर्देशिका पालना गर्ने,
५ क्वारेन्टाइनका लागि होस्टेल तयार गर्ने,
६ खेलाडी तथा अफिसियलको पीसीआर परीक्षण गर्ने,
७ खेलाडीलाई अभ्यासमा बोलाउने,
८ खेलाडी क्वारेन्टाइन बसिसकेपछि फिफाको निर्देशिका, राखेप र स्वास्थ्य विज्ञसँगको छलफलपछि अभ्यास सुरु गर्ने ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ११ : ४४ बजे

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा