काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण « Khabarhub

काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका ४ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यहाँ कोरोना पुष्टि भएका मध्ये २ महिला र २ पुरुष छन्। त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

यसैगरी पाटन अस्पताल प्रयोगशालामा काठमाडौंका १ र ललितपुरका १ पुरुष गरी उपत्याकाका दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय महाराजगंज प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा काठमाडौंका एक पुरुषमा संक्रमण पुष्टि भएको छ।

योहित पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ४ : ३८ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ