ललितपुरमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २९ पुग्यो | Khabarhub Khabarhub

ललितपुरमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २९ पुग्यो


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा सोमबार थप एक जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । रौतहटका ३० वर्षीय  पुरुषको आइतबार साँझ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ललितपुरको स्टार हस्पिटलमा असार १३ गते उनी उपचारका लागि पुगेका थिए । उनको १३ गते बेलुका नै कोरोना परीक्षणको लागि नमुना संकलन गरिएको थियो ।

तर रिपोर्ट नआउँदै असार १४ गते बेलुका निधन भएको हो । उनी ३ महिनादेखि नै निमोनियाबाट ग्रसित भएको र विभिन्न अस्पतालमा उपचार गराउँदै आएका थिए । उनको शव नेपाली सेनाले व्यवस्थापन गरिसकेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

हालसम्म कोरोनाले २९ जनाको मृत्यु

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार कैलाली गोदावरी-७ का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको जनाएको छ । उनको कोरोना परीक्षणको रिपोर्ट पोेजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुष, दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिला र चितवन मेडिकल कलेजमा मृत्यु भएका  कैलाली गोदावरी-७ का ५० वर्षीय पुरुष २८ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ५ : २५ बजे

बिल नतिरेपछि काटियो कांग्रेस दल कार्यालयको बिजुली

काठमाडौं- बिजुलीको पैसा नतिरेपछि नेपाली कांग्रेस संसदीय दलको कार्यालयको लाइन

सहकारीका प्रबन्धकलाई कुटपिट आरोपमा वडाध्यक्षसहित पाँचजना पक्राउ

तनहुँ– जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई

लस एन्जलस डढेलो : पाँच जनाको मृत्यु, एक हजार ५०० भन्दा बढी घरमा क्षति 

लस एन्जलस- अमेरिकाको लस एन्जलस वरपर फैलिएको डढेलोमा परी कम्तीमा

सबै माओवादी एकठाउँमा बसेर जनयुद्ध दिवस मनाउ : विप्लव

 महोत्तरी- जनयुद्धको  विषयमा चौतर्फी चर्चा भइरहेको बेला माओवादीहरू एक ठाउँमा

न्यायाधीशसँग रविको आग्रह : तारेखमा छुट्न पाए सहकारी पीडितलाई न्याय दिन्थेँ

पोखरा- पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय