रोपाइँमा रमाउँदै दही च्यूरा खाएर मनाइयो धान दिवस « Khabarhub

रोपाइँमा रमाउँदै दही च्यूरा खाएर मनाइयो धान दिवस


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा रोपाइँ गरी दही च्यूरा खाएर मनाइएको छ ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । व्यस्त हुने महीनाको मध्यमा अर्थात् १५ गते दही च्यूरा खाएर धान दिवस मनाउने परम्परा नेपाली समाजमा चल्दै आएको छ ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिएको छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाएका छन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।

आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मी कहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

परम्परादेखि असार धान रोप्ने महीनाका रुपमा परिचित हुँदै आएको हो । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ७ : १० बजे

सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको

सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग

काठमाडौं– जेन-जी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही

जुस पसललाई ५० हजार जरिवाना

गण्डकी– जुस सेवनपछि सर्वसाधारण बिरामी परेपछि पोखरा महानगरपालिका–६ बैदामस्थित फ्रेस

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं– दक्षिणी छिमेकी भारतबाट प्रधानमन्त्री वालेन्द्र शाहलाई दिल्ली भ्रमणको निम्तो