शेयर बजार : नेप्से दोहोरो अंकले घट्यो « Khabarhub

शेयर बजार : नेप्से दोहोरो अंकले घट्यो


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सय दिनपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक १२.८७ बिन्दुले घटेर एक हजार १८८.७० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.०३ बिन्दुले घटेर २४५.२९ मा पुगेको छ ।

नेप्सेका अनुसार कूल १४७ कम्पनीका १४ लाख ४४ हजार १७३ कित्ता शेयर रु ४८ करोड ५३ लाख १५ हजार ६२७ मूल्यमा खरिद बिक्री भए । कारोवार खुल्नेबित्तिकै ठूलो बिन्दुले ओरालो लागेको बजार पुनःसम्हालिएको हो ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार ३९.३४, उत्पादन १०२.९८, अन्य २०.०६ र जीवन बीमा २३७.६२ ले बढेको छ ।

बैंकिङ २५.२२, होटल २६.४४, विकास बैंक ६३.०६, जलविद्युत् १३.३४, फाइनान्स ४.०९, निर्जीवन बीमा १०१.४६, लघुवित्त ३९.३७ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले घटेको छ ।

नेप्सेका अनुसार कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु तीन करोड ५७ लाख १० हजार ७४० बराबरको कारोवार भयो ।

यस्तै हिमालयन डिस्टिलरी रु तीन करोड ४६ लाख ९९ हजार ९७२, एनआइसी एशिया रु तीन करोड २९ लाख २७ हजार ७४२, नबिल बैंक रु दुई करोड ५२ लाख ३० हजार १००, एनएमबी बैंक रु दुई करोड २७ लाख ७० हजार ५८४, शिवम् मिसेन्ट रु दुई करोड तीन लाख ५८ हजार ७०१ र नेपाल बैंक रु एक करोड ६८ लाख ६७ हजार ९२० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै नेप्सेका अनुसार नागरिक लगानी कोषका लगानीकर्ताले आज ९.९९ प्रतिशतले कमाउँदा हिमालयन डिस्टिलरी ९.९६, नेपाल इन्भेस्टमेन्ट बैंक ९.९४, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर ९.८०, शिवम् सिमेन्ट ८.५०, गुडबिल फाइनान्स ६.८२ र साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले ५.९५ प्रतिशतले कमाए ।

त्यस्तै स्वालम्बन लघुवित्त वित्तीय संस्था ९.९९, नेपाल पुनःबीमा कम्पनी ९.९०, आशा लघुवित्त वित्तीय संस्था ९.९०, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ९.१६, साञ्जेन जलविद्युत् कम्पनी ८.७५ र अपि पावर कम्पनीका लगानीकर्ताले ८.६२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ७ : ४१ बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप