जाहेरी विपरित बकपत्र गर्ने युवतीलाई एक महिना कैद र ६३ हजार जरिवाना | Khabarhub Khabarhub

जाहेरी विपरित बकपत्र गर्ने युवतीलाई एक महिना कैद र ६३ हजार जरिवाना


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन जिल्ला अदालतले बलात्कार उद्योग आरोपमा जाहेरी व्यहोरा प्रतिकूल हुने गरी वकपत्र गरेकी (होस्टाइल बनेकी) एक युवतीलाई एक महिना कैद र क्षतिपुर्तिबापत ६३ हजार रूपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलाशले बलात्कार उद्योग भयो भनेर युवती आफैले दिएको जाहेरीविपरित अदालतमा बकपत्र गर्ने (होस्टाइल बनेकी ) युवतीलाई एक महिना कैद र उनकै जाहेरीको आधारमा ७ महिना देखी थुनामा रहेका प्रत्यबादीलाई क्षतिपुर्तिबापत ६३ हजार जरिवाना भराउनुपर्ने फैसला गरेको हो ।

असार ७ गते फैसला भएपनि आज फैसलाको पूर्णपाठ आएको हो । पूर्णपाठमा आरोपित युवालाई पीडित भनिएकी युवतीले बलात्कार उद्योगमा अनावश्यक रुपमा मुद्धा दायर गरेको भन्दै युवतीलाई नै एक महिना कैद र ६३ हजार रुपैयाँ जरिवाना तिराउने फैसला गरेको छ । यद्यपी युवतीलाई फैसलामा चित्त नबुझे ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदनको म्याद समेत दिइएको छ ।

के थियो घटना ?

चितवनको रत्ननगर नगरपालीका वडा नम्बर ६ स्थित सौराहको नमुना भिलेज रिसोर्टको कोठामा गत कार्तिक २७ गते बेलुका ७ बजे युवती र स्थानीय विवेक पंगेनी कोठा नम्बर १ सय ५ मा बसेको र त्यो रात त्यही बसेर अर्को दिन बिहान १० बजे निस्किएका थिए ।

२७ गते बेलुका २ जना साथीसहित सौराहा घुम्न निस्किएकी युवतीले गाडी पर्खेर बसेका बेला युवक पंगेनीले आफूले घरसम्म पुर्‍याइदिने भनेर गाडीमा लिएर गएको र होटलमा धेरैबेर बसेपछि युवतीसँगै गएका साथीहरु उनलाई छाडेर घरतर्फ लागेका थिए ।

युवतीले मंसीर १ गते आफूलाई होटलको कोठामा लगेर संवैदनशील अंग समाती बलात्कार गर्न खोजेपछि चिच्याएर आफूलाई केही नगरेको तर बलात्कार उद्योग गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

पछि वयान फेरेपछि !

आफूमाथि जर्बजस्ती करणी उद्योग गरेको आरोपमा जाहेरी दिएकी युवतीले अदालतमा भने इन्कारी वयान गरेकी छन् ।

उनले जाहेरीमा आफ्नो हस्ताक्षर भएपनि जोहरीमा लेखिएको व्यहोरा आफूलाई थाहा नभएको र पीडक भनिएको युवासँग आफ्नो भेट समेत नभएको भन्ने अदालतमा वयान दिएकी थिइन् ।

उनले आफैले प्रहरी कार्यालयमा दिएको जाहेरीविपरित हुनेगरी अदालतमा जाहेरी प्रतिकूलको वकपत्र गरेपछि (होस्टाइल बनेपछि) युवतीलाई कैद र जरिवानाको फैसला भएको हो ।

यस्तो छ अदालतको फैसला 

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  १० : ३७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग