काठमाडौँमै पहिराको जोखिम, तीन घर स्थानान्तरण गरियो « Khabarhub

काठमाडौँमै पहिराको जोखिम, तीन घर स्थानान्तरण गरियो


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ मा तीन घरमा पहिराले जोखिम पुर्‍याएपछि सुरक्षित स्थानमा सारिएको छ ।

केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं १३ को बोगटी गाउँमा तीन घरलाई पहिराको जोखिम बढाएपछि मङ्गलबार ती घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

पछिल्लो समय बाढीपहिराका कारण देशैभरि ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेलामा चन्द्रागिरिमा हुनसक्ने बाढीपहिराको सम्भावित घटनालाई रोक्न नेपाली सेनाको युद्ध कवच गण सीतापाइलाबाट गएको नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।

बोगटी गाउँमा सीता रिजाल, पुष्पराज गिरी र तेजकुमारी पौडेलको घरमा पहिराले जोखिम पुर्‍याएपछि स्थानान्तरण गरिएको हो । सेनाको टोलीले तीनै घरको खाद्यान्न लत्ताकपडा झिकेर सुरक्षित स्थानमा सारेको छ ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले पहिराको जोखिममा परेका परिवारलाई अस्थायी रुपमा बस्नका लागि त्रिपाल राखेर घर बनाइएको जानकारी दिए ।

पछिल्लो समय नगरपालिकाले विपद्बाट हुने सम्भावित घटनालाई रोक्नका लागि विपद् व्यवस्थापनको क्षेत्रमा यथेष्ट रकम विनियोजन गरी काम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १२ : ०६ बजे

दलित समुदायसँग रविले मागे माफी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायसँग सार्वजनिक

पक्राउ परे व्यवसायी दीपक भट्ट

काठमाडौं- प्रहरीले व्यवसायी दीपक भट्टलाई बिहीबार दिउँसो पक्राउ गरेको छ।

रविले भने : कसैमाथि प्रतिशोध हुने छैन, प्रश्न गर्दैमा माइक काटिने छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई सिंहदरबारमा

राष्ट्रिय सभाको २०औँ अधिवेशन सुरू

काठमाडौं– सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको २०औँ अधिवेशन सुरु भएको छ । 

संसद्‌मा प्रतिपक्षको आवाज कमजोर हुन दिँदैनौँ, लोकतन्त्र जोगाउन प्रतिबद्ध : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधि सभामा प्रतिपक्षको