वीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

वीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज- वीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्थायी कोरोना अस्पतालका संयोजक डा. उदयनारायण सिंहले वीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेका हुन् ।

नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत ६८ वर्षीय कोरोना संक्रमितको बुधबार उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

अर्का एक जना ६० वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा हिजो मृत्यु भएकोमा उनको आज मात्र कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको डा. सिंहले जानकारी दिए ।

‘मिर्गौला पीडित रहेका उनी हिजो मात्रै अस्पतालमा भर्ना भएका थिए, हिजो नै उपचारका क्रममा उनको मृत्यु भएको हो , डा. सिंहले खबरहबसँग भने, ‘उनको हिजै स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकोमा आज रिपोर्ट पोजेटिभ आएको हो ।’

कोरोनाले मृत्यु भएका ६८ वर्षीय पुरुष वीरगन्ज महानगरपालिका–७ रेशमकोठी निवासी  हुन् । उनको आज  बिहान मृत्यु भएको डा. सिंहले बताए ।

वीरगन्जको एड्भान्स मेडिकेयर हस्पिटलमा उपचारका लागि भर्ना भएका उनी मुटु रोगी रहेको र स्वासप्रश्‍वासमा समस्या देखिएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना देखिएको थियो ।

कोरोना पोजिटिभ देखिएपछि गत साउन ८ मा एड्भान्स मेडिकेयरबाट कोरोना अस्पताल रेफर गरिएको थियो ।

अस्पतालले थप २ जनाको कोरोनाले मृत्यु भएको पुष्टि गरेसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ ।स्वास्थ्य मन्त्रालयले भने उनीहरु दुबै जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गर्न बाँकी छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ७ : १७ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा, को को समेटिए ?

काठमाडौं– नेपालले रोहित पौडेलको कप्तानीमा टी-२० विश्वकप खेल्ने टोली घोषणा

क्रिप्टो एक्सचेन्ज बिनान्सका संस्थापक झाओलाई चार महिनाको जेल सजाय

काठमाडौं– क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सका संस्थापक तथा पूर्व सीईओ चाङपेङ झाओलाई

टी-२० विश्वकप खेल्ने ओमान टिमको घोषणा

काठमाडौं- ओमानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।

यस्तो छ श्रम मन्त्रीद्वारा घोषित ‘श्रमाधान योजना’, सात कार्यक्रम प्रस्ताव

काठमाडौं – १३५औं अन्तरराष्ट्रिय श्रमिक दिवस (मे डे) अवसरमा श्रम,

सरकारी कामकाजी भाषा ऐन वैशाख २४ देखि लागू हुने

काठमाडौं– बागमती प्रदेशमा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गरेको