बीपी प्रतिष्ठानमा मोरङका एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

बीपी प्रतिष्ठानमा मोरङका एक कोरोना संक्रमितको मृत्यु


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले मोरङका ४५ वर्षका पुरुषको मृत्यु भएको खबरहबलाई बताए ।

डा सापकोटाका अनुसार उनी आज दिउँसो कोशी अस्पतालबाट रेफर गरिएका बिरामी हुन । उनलाई आज दिउँसो करिव एक बजे एकजना एम्बुलेन्स चालकले प्रतिष्ठानमा ल्याएका थिए ।

प्रतिष्ठानमा आइपुग्दा ती बिरामी वेहोस् अवस्थामा थिए । प्रतिष्ठानले उनलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरेको थियो । तर उनको आज बेलुका ४ बजेर ४५ मिनेटमा मृत्यु भएको डा सापकोटाले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएका ती पुरुष गम्भिर अवस्थामा भए पनि कोशी अस्पतालले प्रतिष्ठानसँग समन्वय नै नगरी रेफर गरिएको डा सापकोटाको भनाइ छ । कोशी अस्पतालले बिरामीको रेफरल पेपरमा कोभिडका बिरामी लेखेर रेफर गरेको डा सापकोटाले बताए ।

“विराटनगरको कोशी अस्पतालको कोभिड अस्पतालबाट उहाँलाई रेफर गरियो, एम्बुलेन्समा केवल ड्राइभरले उहाँलाई ल्याएका थिए । यहाँ ल्याइदा उताबाट समन्वय नै भएन, यस्तो सिरियस बिरामी रहेछन्,” डा सापकोटाले भने, “बिरामी हाम्रोमा आउँदा तुरुन्त भेन्टिलेटरमा राख्नुपर्ने वेहोस् अवस्थामा हुनुहुन्थ्यो । एक बजे यहाँ ल्याइएको थियो, भेन्टिलेटरमा राखेर उपचार थाल्यौं, तर बेलुका ४ बजेर ४५ मिनेटमा उहाँको मृत्यु भयो ।”

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ९ : ४४ बजे

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते