साउदीमा अलपत्र ६ नेपाली चेलीको उद्धार « Khabarhub

साउदीमा अलपत्र ६ नेपाली चेलीको उद्धार



दोहा : साउदी अरबमा अलपत्र परेका ६ नेपाली चेलीको उद्धार गरिएको छ । गन्तव्य नेपाल साउदीले एक कम्पनिमा कार्यरत करिब ७ महिनादेखि कम्पनीले काम नदिएर अलपत्र परेका नेपालीहरुलाई उद्धार गरी स्वदेश पठाएको छ ।

कोरोनाको महामारीको कारण लामो समयसम्म कम्पनीले तलब नदिदा उनीहरु अलपत्र परेका थिए। खानाको समस्या भएपछि उनीहरुले गन्तव्य नेपाललाई आफूहरुको उद्धार गरिदिन अनुरोध गरेका थिए ।

करार अबधि पूरा भएर पनि नेपाल नपठाएको र बिना सूचना अर्को करार थपिदिने तथा घर जानलाई अनुमति पनि नदिएकाले बिगत २ वर्षदेखि नेपाल फर्कन चाहेर पनि उनीहरु फर्किनसकेका थिएन् ।

गन्तव्य नेपाल रियादका प्रतिनिधि बालकृष्ण पौडेल, मिलन गुरुङ तथा हिरा केसीको पहलमा साउदीस्थित नेपाली दूतावाससँग समन्वय गरी पीडित चेलीहरुलाई स्वदेश फर्काउन सफल भएको गन्तव्य नेपाल साउदीले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ६ : ३८ बजे

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको