साउदीमा अलपत्र ६ नेपाली चेलीको उद्धार « Khabarhub

साउदीमा अलपत्र ६ नेपाली चेलीको उद्धार



दोहा : साउदी अरबमा अलपत्र परेका ६ नेपाली चेलीको उद्धार गरिएको छ । गन्तव्य नेपाल साउदीले एक कम्पनिमा कार्यरत करिब ७ महिनादेखि कम्पनीले काम नदिएर अलपत्र परेका नेपालीहरुलाई उद्धार गरी स्वदेश पठाएको छ ।

कोरोनाको महामारीको कारण लामो समयसम्म कम्पनीले तलब नदिदा उनीहरु अलपत्र परेका थिए। खानाको समस्या भएपछि उनीहरुले गन्तव्य नेपाललाई आफूहरुको उद्धार गरिदिन अनुरोध गरेका थिए ।

करार अबधि पूरा भएर पनि नेपाल नपठाएको र बिना सूचना अर्को करार थपिदिने तथा घर जानलाई अनुमति पनि नदिएकाले बिगत २ वर्षदेखि नेपाल फर्कन चाहेर पनि उनीहरु फर्किनसकेका थिएन् ।

गन्तव्य नेपाल रियादका प्रतिनिधि बालकृष्ण पौडेल, मिलन गुरुङ तथा हिरा केसीको पहलमा साउदीस्थित नेपाली दूतावाससँग समन्वय गरी पीडित चेलीहरुलाई स्वदेश फर्काउन सफल भएको गन्तव्य नेपाल साउदीले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ६ : ३८ बजे

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आसन्न निर्वाचनमा १६० जना महिलाले स्वतन्त्र प्रतिस्पर्धा गर्दै  

काठमाडौं– आसन्न निर्वाचनका लागि १ सय ६० जना महिला उम्मेदवारले