५५ दिनदेखि साउदीको सडकमा बास « Khabarhub

५५ दिनदेखि साउदीको सडकमा बास



दोहा- वैदेशिक रोजगारीका लागि ७ महिनाअघि साउदी अरब पुगेका एक नेपाली युवा सडक जीवन जीउन बाध्य भएका छन् ।

काठमाडौँस्थित साइनिङ स्टार म्यानपावरमार्फत साउदीको अल मल्की कम्पनीमा पुगेका स्याङ्जा पुतली बजार नगरपालिकाका अनिल मिया अलपत्र परेका हुन् ।

कम्पनीले २ महिनादेखिको तलब दिएको छैन भने बसेको कोठा पनि छोड भनेपछि उनको बास ५५ दिनदेखि सडकमा छ ।

नेपालबाट एजेन्टले डाईरेक्ट कम्पनीमा भनेर पठाएको र साउदी पुगेपछि सप्लाई कम्पनीमा काम लगाएको तथा काम गर्ने ८ घण्टा भनेकोमा १० घण्टा काम गर्न लगाएको पीडित मियाले बताएका छन् । ड्राइभर भनेर पठाए पनि यहाँ आएपछि ड्राइभर र लेवरको काम गर्नु परेको उनको भनाइ छ ।

मेनपावर कम्पनीले १८ सय साउदी रियाल कमाइ हुने भनेर उनीबाट १ लाख ४० हजार रूपैयाँ लिएको पीडित मियाले बताए । उनले भने, ‘नेपालमा भएको सम्झौताको केहि भएन । हामीले सम्झौता मानेर उनीहरुले भनेजत्ति पैसा दियौँ । अहिले यहाँ यस्तो दु:खको जीन्दगी बिताउनुपरेको छ।’

कम्पनीले २ महिना ११ दिन काम गरेको तलबसमेत नदिएर बिचल्ली पारेको उनले सुनाए । ‘सम्झौता अनुसारको तलब सुविधा नदिने भए काम नगर्ने भनेपछि सम्बन्धित कम्पनीले आफ्नो कोठाबाट निकालेपछि अहिले सडकमा रात बिताउनु परेको छ । मैले समस्या राखेपछि कम्पनीले आधा घण्टा भित्रै कोठा छोडेर जानु भन्यो । कोठा छोड्नुको विकल्प पनि भएन,’ उनले भने ।

यो गुनासो उनले साउदीस्थित नेपाली दूतावासमा पनि गरेको उनले बताए । भने, ‘कम्पनिको मेनेजरलाई जानकारी गराएर नेपालमा सम्झौता गरिए अनुसार सेवा सुविधा नपाएको भन्दै केही राहत हुने हेतुले साउदीस्थित नेपाली दूतावास पनि सुनाए । तर दूतावासले एजेन्टलाई भन्नु हामी केही गर्न सक्दैनौँ ।’

नेपालमा एजेन्टलाई कुरा गर्दा आज गर्छु भोलि गर्छु भन्दै यतिका महिना बितिसक्दा पनि अहिलेसम्म केही नगरेको उनले बताए ।

एजेन्ट र दूतावासले पनि बेवास्ता गरेको कारण विगत ५५ दिनदेखि उनी उद्धारको पर्खाइमा साउदीको सडकमा रात दिन बिताईरहेका छन् ।

यता, उनलाई पठाउने म्यानपावरका प्रतिनिधिलाई सम्पर्क गर्दा उनले लगाएको आरोपमा कुनै सत्यता नभएको भन्दै मियाले आफू खुशी कम्पनीमा काम गर्दागर्दै गाडी सडकमै छोडेर भागेको बताएका छन् ।

मेनपावरका एक प्रतिनिधिले भने, ‘उ अहिले कम्पनी छोडेर बाहिर सडकमा बसेको बारे म्यानपावर कम्पनी जानकार रहेको र उलाई अझै पनि कम्पनीमा काम गर्न गए कम्पनीले काम दिने तथा नगएमा नेपाली दूतावाससँग समन्वय गरी ट्राभल डकुमेन्ट बनाएर स्वदेश फर्काउन पहल गरिने छ ।’

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  १० : ३८ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा