पाटन अस्पतालमा उपचाररत थप २ संक्रमितको मृत्यु « Khabarhub

पाटन अस्पतालमा उपचाररत थप २ संक्रमितको मृत्यु


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा उपचाररत काठमाडौंकी एक महिला र भक्तपुरका एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु भएकी कोरोना संक्रमित काठमाडौंकी ५१ वर्षकी महिल हुन् भने भक्तपुरको ६२ वर्षका पुरुष हुन् ।

मृत्यु भएका मध्ये काठमाडौंकी महिलाको शुक्रबार राति १० बजेर ४० मिनेटमा मृत्यु भएको थियो । यस्तै भक्तपुरका पुरुषको शनिबार बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एकजना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक विज्ञप्ती मार्फत शनिबार बिहान ११ बजे पोखरा महानगरपालिका– १४ का ५८ वर्षका एक पुरुषको मृत्यु भएको जनाएको हो ।

ती पुरुष भदौ ८ गते स्वाब संकलन गरी परीक्षण गर्दा भदौ १० गते कोरोना पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ । उनको भदौ १० गतेदेखि आइसीयुमा उपचार भइरहेको र शनिबार बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  १२ : ५७ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५