पाटन अस्पतालमा उपचाररत थप २ संक्रमितको मृत्यु « Khabarhub

पाटन अस्पतालमा उपचाररत थप २ संक्रमितको मृत्यु


१३ भदौ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा उपचाररत काठमाडौंकी एक महिला र भक्तपुरका एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु भएकी कोरोना संक्रमित काठमाडौंकी ५१ वर्षकी महिल हुन् भने भक्तपुरको ६२ वर्षका पुरुष हुन् ।

मृत्यु भएका मध्ये काठमाडौंकी महिलाको शुक्रबार राति १० बजेर ४० मिनेटमा मृत्यु भएको थियो । यस्तै भक्तपुरका पुरुषको शनिबार बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एकजना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक विज्ञप्ती मार्फत शनिबार बिहान ११ बजे पोखरा महानगरपालिका– १४ का ५८ वर्षका एक पुरुषको मृत्यु भएको जनाएको हो ।

ती पुरुष भदौ ८ गते स्वाब संकलन गरी परीक्षण गर्दा भदौ १० गते कोरोना पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ । उनको भदौ १० गतेदेखि आइसीयुमा उपचार भइरहेको र शनिबार बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  १२ : ५७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको