१९७ जना कोरोना संक्रमित सिकिस्त विरामी « Khabarhub

१९७ जना कोरोना संक्रमित सिकिस्त विरामी


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपालका विभिन्न अस्पतालमा उपचार गराइरहेका १९७ जना कोरोना संक्रमितको अवस्था चिन्ताजनक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट विभिन्न अस्पतालमा उपचार गराइरहेका १९७ जना संक्रमितको अवस्था गम्भीर रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

स्वास्थ्य अवस्था गम्भीर भएका १७५ जना आईसीयू र २२ जना भेन्टिलेटरमा रहेका छन् । अति गम्भिर अवस्थामा पुगेर भेन्टिलेटरमा रहेका २२ जनामध्ये सबैभन्दा धेरै बागतमी प्रदेशका अस्पतालहरुमा छन् ।

मन्त्रालयको तथ्यांकका अनुसार बागमती प्रदेशमा १७ जना, प्रदेश १ मा ३ जना र प्रदेश ५ मा २ जना कोरोना संक्रमति भेन्टिलेटरमा छन् ।

यस्तै आईसीयूमा रहेका संक्रमतिहरु सबैभन्दा धेरै बागमती प्रदेशमा नै रहेका छन् । बागमती प्रदेशका अस्पतालहरुमा ७८ जना, प्रदेश २ मा ३८ जना,  कर्णालीमा २४ जना, प्रदेश ५ का १७ जना, प्रदेश १ मा १५ जना र गण्डकी प्रदेशमा ३ जना संक्रमित आईसीयूमा रहेको मन्त्रालयको तथ्यांक छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार सम्ममा नेपालमा ३७ हजार ३ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २०७ जना संक्रमतिको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ५ : ५५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको