प्रचण्डसँगको असमझदारी हटिसक्यो : प्रधानमन्त्री ओली « Khabarhub

प्रचण्डसँगको असमझदारी हटिसक्यो : प्रधानमन्त्री ओली


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको असमझदारी हटिसकेको दाबी गरेका छन् ।

शनिबार साँझ पत्रकार ऋषि धमलासँग एक टेलिभिजन अन्तरवार्तामा प्रधानमन्त्री ओलीले प्रचण्डसँगका सबैखाले असमझदारी अन्त्य भइसकेको दाबी गरेका हुन् ।

‘प्रचण्ड र म बीचको असमझदारी मिलिसक्यो’, उनले भने, ‘मन मनै हात मिलाउने हो भने मिलाउन सकिन्छ, तर कोरोनाले प्रचण्डजीसँग हात मिलाउन पाएको छैन।’

आफूले घामजुन रहुन्जेल पदमा बस्छु नभनेको जिकिर गर्दै ओलीले भने,’मैले घामजुन रहुन्जेल प्रधानमन्त्री र अध्यक्ष रहिरहने भनेको छैन, यी पदमा कोही पनि घामजुन रहुन्जेल बस्‍ने कुरा पनि होइन ।’

प्रचण्डले पार्टी र आफूले सरकार एक्लै चलाउने कुरा सत्य नभएको बताउदै ओलीले भने, ‘पार्टी एक्लै प्रचण्डले चलाउने, ओलीले सरकार एक्लै चलाउने भन्‍ने पनि होइन’, उनले भने, ‘सरकार मैले एकलौटी चलाउँछु भन्‍ने होइन, तर प्रधानमन्त्री अधिकारसहित हुन्छ रबर स्टाम्प त होइन। प्रचण्डजी पार्टीमा केन्द्रित रहनुहुन्छ, तर हामी आपसी परामर्शमा अघि बढ्ने छौं।’

पार्टीभित्रका केही नेताहरुले समर्थनमा एक शब्द नबोली आलोचना मात्रै गर्ने गरेको भन्दै असन्तुष्टि पनि जनाए ।

पार्टीभित्रको एकता महाधिवेशनबारेको प्रश्नमा ओलीले सहमतिबाटै नेतृत्व चयन हुने बताए । उपाध्यक्ष वामदेव गौतमको ६ बुँदे प्रस्तावले पार्टी एकता बचाइ राख्‍न भूमिका खेलेको स्वीकार्दै उनले मन्त्रिमण्डल हेरफेरबारे तयारी भइरहेको बताएका छन्।

त्यसका लागि उनले कम्तिमा भदौ २० सम्म कुर्न आग्रह गरे । भदौ २१ मा अर्थमन्त्री डा.युवराज खतिवडाको कार्यकाल सकिने भएपछि सोही बेला मन्त्रीमन्डल पुनर्गठन गर्ने तयारी भएको बताइन्छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ९ : ४२ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ