यस वर्षको पद्मश्री पुरस्कार रद्द « Khabarhub

यस वर्षको पद्मश्री पुरस्कार रद्द


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको पद्यश्री साहित्य पुरस्कार र पद्यश्री साधना सम्मान रद्द गरिएको छ । पुरस्कार पाउने व्यक्ति विवादमा परेपछि पुरस्कार नै रद्द गरिएको हो ।

सोमवार खेमलाल–हरिकला प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै यस वर्ष दुवै पुरस्कार रद्द गरिएको जनाएको हो ।

यसअघि प्रतिष्ठानले पद्यमी श्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंश’ लाई र पद्यश्री साहित्य सम्मान मोदनाथ प्रश्रितलाई दिने घोषणा गरेको थियो ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानले दुवै सर्जकले पुरस्कार अस्वीकार गर्ने घोषणा गरेकाले पुरस्कार रद्द गर्ने निर्णय गरेको बताएका छन् ।

यसअघि लेखक सञ्जीव उप्रेतीले यौन उत्पीडनको आरोप लागेका मोदनाथ पश्रितसँग एउटै मञ्चमा उभिएर पुरस्कार लिन नसकिने बताएका थिए ।

त्यसपछि मोदनाथ प्रश्रितले पनि व्यक्ति तथा केही समूहले आफ्नो चरित्र हत्या गरेकाले पुरस्कार नलिने बताएका थिए ।

मोदनाथ प्रश्रितलाई भ्रष्टाचारविरोधी अभियन्ता शारदा भुसालले यौन हिंसाको आरोप लगाएकी थिइन् । उनले वि.सं. २०७२ मा प्रकाशित आत्मकथा ‘धरातल’ मा भुसालले आफू १३ वर्षको हुँदा प्रश्रितले यौन हिंसा गरेको आरोप लगाएकी थिइन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ८ : ०३ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।