भूमि अतिक्रमको विरोध गर्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन « Khabarhub

भूमि अतिक्रमको विरोध गर्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ। नेपाल रिपब्लिकन पार्टीले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा पार्टीका कार्यकर्ताले ‘गो ब्याक चाइना’ भन्दै नारावाजी लगाएका छन् । त्यस्तै सहभागीहरूले चिनियाँ हस्तक्षेपको विरोध गर्दै नेपालमा चीनको दादागिरी नचल्ने भन्दै आक्रोश पोखेका छन् ।

सहभागीहरूले नेपालको भूमि फिर्ता गर, चिनियाँ विस्तारवाद मुर्दाबाद, हुम्लाको नेपाल-तिब्बत सीमाबाट कम्युनिस्ट चीन फिर्ता जा भन्दै चीनविरूद्ध नारा लगाएका हुन्।

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको छ । नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छन्। नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार भवन बनाउने कार्य तीब्र गतिमा अघि बढेको छ ।

उनले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिए। ‘चिनियाँ पक्षको जिम्मेवार अधिकारीसँग आफूले बुझ्न खोजेपनि त्यो प्रयास सफल सकेन,’ उनले भनेका छन् ।

यसैबीच नेपाल विद्यार्थी संघले सोमबार चिनियाँ दूतावासअघि प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  २ : ३४ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट