लोकल भन्दै लेयर्सका चल्ला बेच्ने ४ पक्राउ, साढे २८ हजार चल्ला बरामद « Khabarhub

लोकल भन्दै लेयर्सका चल्ला बेच्ने ४ पक्राउ, साढे २८ हजार चल्ला बरामद


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले काठमाडौंको कलंकीबाट २८ हजार ६ सय वटा लेयर्स कुखुराको चल्लाको अवैध रुपमा रङ परिवर्तन गरेर बेच्न खोज्ने ४ जनालाई पक्राउ गरेको छ ।

चितवनबाट काठमाडौं ल्याएर लेयर्स कुखुराको चल्लालाई अवैध रुपमा रङ परिवर्तन गरेर बेच्न खोज्ने ४ जनालाई प्रहरीले पक्रेको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठोरका अनुसार चितवनबाट चल्ला ल्याएका कलंकी र स्यूचाटारमा रहेको पोल्टिफर्ममा राखेर रङ परिवर्तन गरी लोकल चल्ला भनेर बेच्न खोजेको अरोपमा ४ जनालाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ४५ वर्षीया चन्दा शाह, ४२ वर्षीया प्रेम शिला देवी जैसवाल, वकिल खाँन र सुनिता जैसवाल छन् ।

प्रतिचल्ला १० रुपैयाँमा खरिद गरेका उनीहरुले झुक्याएर एउटा चल्लाको ८० देखि एक सय रुपैयाँमा बेच्न लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई कालाबाजारी ऐन अनुसार मुद्दा चलाउनको तयारी रहेको एसपी राठोरले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ३ : ०६ बजे

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको