लोकल भन्दै लेयर्सका चल्ला बेच्ने ४ पक्राउ, साढे २८ हजार चल्ला बरामद | Khabarhub Khabarhub

लोकल भन्दै लेयर्सका चल्ला बेच्ने ४ पक्राउ, साढे २८ हजार चल्ला बरामद


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले काठमाडौंको कलंकीबाट २८ हजार ६ सय वटा लेयर्स कुखुराको चल्लाको अवैध रुपमा रङ परिवर्तन गरेर बेच्न खोज्ने ४ जनालाई पक्राउ गरेको छ ।

चितवनबाट काठमाडौं ल्याएर लेयर्स कुखुराको चल्लालाई अवैध रुपमा रङ परिवर्तन गरेर बेच्न खोज्ने ४ जनालाई प्रहरीले पक्रेको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठोरका अनुसार चितवनबाट चल्ला ल्याएका कलंकी र स्यूचाटारमा रहेको पोल्टिफर्ममा राखेर रङ परिवर्तन गरी लोकल चल्ला भनेर बेच्न खोजेको अरोपमा ४ जनालाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ४५ वर्षीया चन्दा शाह, ४२ वर्षीया प्रेम शिला देवी जैसवाल, वकिल खाँन र सुनिता जैसवाल छन् ।

प्रतिचल्ला १० रुपैयाँमा खरिद गरेका उनीहरुले झुक्याएर एउटा चल्लाको ८० देखि एक सय रुपैयाँमा बेच्न लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई कालाबाजारी ऐन अनुसार मुद्दा चलाउनको तयारी रहेको एसपी राठोरले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ३ : ०६ बजे

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित वृद्ध पक्राउ 

भक्तपुर– भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल

इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई