तपाईंलाई थाहा छ खुसीको मन्त्र ? « Khabarhub

तपाईंलाई थाहा छ खुसीको मन्त्र ?


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक समयको कुरा हो । दीपावली नजिकिँदै थियो । मानिसले दियो बालेर आआफ्ना घरलाई झिलिमिली पार्ने हुनाले बजारमा माटाको दियोको राम्रै माग हुन्थ्यो । त्यसैले व्यापारीले माटाका प्रशस्त दियो बिक्रीका लागि सजाएर राखेका थिए ।

एकदिन तिनै माटोका दियोहरू आपसमा गुनासो गर्न थाले । पहिलो दियोले भन्यो– म जीवनमा निकै ठूलो बन्न चाहन्थेँ । चिल्लो र आकर्षक घडा बन्ने कत्रो रहर थियो, कुमालेले मलाई दियो बनाइदियो । भाग्यै खोटो भएपछि के गर्नु ?

यदि हामी एकातिर असफल भयौँ भने अर्को ढोका खुल्छ । जीवनमा अवसरको कमी छैन । एउटा गुम्यो भने अर्को अवसर आउँछ ।

दोस्रो दियोले भन्यो– म पनि एक भव्य मूर्ति बनेर कुनै धनी मानिसको घरको शोभा बढाउन चाहन्थेँ । तर के गर्नु, मलाई पनि त कुमालेले एक दियो बनाइदियो ।

तेस्रो दियोले भन्यो– मलाई त सानैदेखि पैसा निकै मन पथ्र्यो । त्यसैले, म एक खुत्रुके बन्न चाहन्थेँ । मेरो सपना पूरा भएको भए आज मेरो यो गति हुँदो हो त ?

चुपचाप उनीहरूको कुरा सुनिरहेको चौथो दियोले मन्द मुस्कानसाथ विनम्रतापूर्वक भन्यो– साथीहरू, म जीवनको एक रहस्य तपाईंहरूलाई बताउँछु ।

कुनै उद्देश्य राखेर पूर्ण लगनसाथ त्यसलाई हासिल गर्न प्रयास गर्नेजति सबै लक्ष्यमा सफल हुन्छन् नै भन्ने हुँदैन । कथम् कोही असफल भइहाल्यो भने आफ्नो भाग्य या अरू कसैलाई दोष दिएर बस्नु मूर्खतासिवाय केही होइन ।

यदि हामी एकातिर असफल भयौँ भने अर्को ढोका खुल्छ । जीवनमा अवसरको कमी छैन । एउटा गुम्यो भने अर्को अवसर आउँछ । यसो सोच्नुहोस् त, दीपावली आउँदै छ । बजारमा मानिसको भिड लाग्न थालिसकेको छ । सबैले हामीलाई किन्छन् र हामीलाई पूजाकोठामा सजाउँछन् ।

हामीले कति घरको शोभा बढाउने सौभाग्य पाउँछौँ ! त्यसैले, आफ्नो भाग्य र कुमालेलाई दोष दिएर दुःखी हुनुभन्दा खुसी हुनुहोस् । आखिर एकबारको जुनीमा के नै लानु छ र ? चौथो दियोको कुरा सुनेपछि सबै दियो खुसी भए ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  १ : ४७ बजे

काठमाडौँ महानगरबाट ‘डाउन सिन्ड्रोम’लगायत अवस्थाका परीक्षार्थीलाई विशेष व्यवस्था

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका

ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान,

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँको घण्टाघरस्थित मस्जिदमा ‘इद उल फित्र’ मनाइयो (तस्बिरहरू)

काठमाडौँ– अरबी पात्रो अनुसार ‘इद उल फित्र’ पर्व आज देशभरका

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते