लुम्बिनी प्रदेशमा प्रहरीले थाल्यो बाल बिवाह विरुद्धको अभियान « Khabarhub

लुम्बिनी प्रदेशमा प्रहरीले थाल्यो बाल बिवाह विरुद्धको अभियान


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर- लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरले बाल बिवाह विरुद्धको १५ दिने अभियान सुरु गरेको छ ।

बाल विवाहलाई निरुत्साहित तथा नियन्त्रण गर्न अभियान संचालन गरेको प्रदेश प्रहरीले जानकारी दिएको हो ।

१५ दिनको अवधिमा नगरपालिका, गाउँपालिका, वडा, र विभिन्न संघसंस्थासंग समन्वय गरेर एक हजार २ सय ३१ वटा जनचेतनामुलुक कार्यक्रम गर्ने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए ।

बाल विवाहकै कारण शारीरिक तथा मानसिक समस्या, घरेलु हिंसामा वृद्धि लगायतका विकृति सिर्जना हुने भएको हुँदा न्युनिकरणका लागि प्रहरीले अभियान सुरु गरेको  वरिष्ठ प्रहरी उपरीक्षक वैदवारले बताए ।

प्रहरीले अभियानका क्रममा बजार र राजमार्गमा व्यानर तथा प्लेकार्ड राख्ने, नागरिकहरुको बढी भिडभाड र हिडडुल गर्ने स्थानमा पोष्टर टाँस्ने, गाउँघरमा माईकिङ गर्ने जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  १० : ३० बजे

उपराष्ट्रपति यादवबाट ‘ईद उल फित्र’ को शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा

‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा. पन्तलाई

वीरगञ्ज– २०८२ सालको ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा.

ढोरपाटनमा भारी हिमपात

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा

इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक उदयपुर गाईघाटका अमृत झा

काठमाडौँ– पश्चिम एसियाको युद्धका कारण केन्द्रबिन्दु बनेको होर्मुज जल क्षेत्रमा

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले