मधेशवादी पार्टी ‘बहुरूपिया’ ठग बनेको नेकपा नेता साहको आरोप « Khabarhub

मधेशवादी पार्टी ‘बहुरूपिया’ ठग बनेको नेकपा नेता साहको आरोप


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सांसद प्रभु साहले मधेशवादी पार्टीले रूप बदलि-बदली जनतालाई ठगीरहेको आरोप लगाएका छन् ।

दशैं, दिपावली तथा छठको अवसरमा रौतहटको गरुडा नगरपालिका-५, महम्मदपुरमा आयोजित शुभकामना आदानप्रदान तथा जनचेतना कार्यक्रममा सांसद प्रभु साहले मधेशवादी दलले समाजमा भ्रम फैलाउन बहरुपिया बनेको आरोप लगाएका हुन् ।

मधेशवादी दलले समाजमा भ्रम फैलाएर मधेश र पहाडको नाममा जनतालाई ठग्ने गरेको उनको भनाइ छ । उनले मधेशी दलले भ्रष्टाचार बढाउने र उदण्ड राजनीति गर्नतर्फ मात्र उद्दत रहेको आरोप लगाए ।

बाबुराम भट्टराई नेकपा माओवादीमा हुँदा पहाडीयाको पार्टी भनेर उफ्रिनेहरु अहिले उनै बाबुरामलाई नेता बनाएर बहुरुपी चरीत्र देखाएको उनले बताए ।

“हिजो हामीलाई पहाडीयाको पार्टी भनेर कुर्लिने यीनै मधेशी पार्टी हुन् । बाबुराम भट्टराई नेकपा माओवादीका नेता हुँदा गाउँ-गाउँ पहाडीयाको पार्टी भनेर पुत्ला जलाउने पनि यीनै हुन् । आफूलाई मधेशको ठेकेदार भन्ने यी मधेशवादीहरुको सर्वोच्च नेता बाबुराम भट्टराई हुन् । अब चाहिँ के भन्नेहोला यीनिहरुले ।” सांसद साहले भने, “यीनीहरु भ्रम सिर्जना गर्ने बहरुपिया ठगहरु मात्र हुन् । भ्रष्टाचार र उदण्डता मात्र मधेशवादीको विशेषता हो ।”

सांसद साहले संघ सरकारले मधेशमा संचालन गर्ने सबै कार्यक्रम एवम् परियोजनामा मधेशवादी दलले बाधा पुर्याई काम अवरुद्ध गरेकोप्रति आपत्ति जनाए ।

कार्यक्रममा प्रदेशसभा सदस्य कुन्दन कुशवाहा, कटहरिया नगरपालिकाका प्रमुख एवम् नेकपा प्रदेश सदस्य सियाराम कुशवाहा, नेकपा प्रदेश सदस्यद्वय त्रिभुवन साह एवम् मनोज यादवलगायतका नेताहरूको उपस्तिथि रहेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ७ : ०८ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)