मन्त्री विश्वकर्माले गरे ग्रामीण सडकको निरीक्षण « Khabarhub

मन्त्री विश्वकर्माले गरे ग्रामीण सडकको निरीक्षण


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले पोखरा महानगरपालिकाभित्रको निर्माणाधीन अमला बिसौंनी घार्मी आलेबारी अम्बरेश्वर ग्रामीण सडकको आज निरीक्षण गरेका छन् ।

महानगरको वडा नं १६ र १९ लाई समेटेर निर्माण भइरहेको १२ किमी सो सडकको निरीक्षण गर्दै उनले सडक, सिँचाई, खानेपानीलगायत पूर्वाधार निर्माण गर्दा गुणस्तरलाई विशेष ध्यान दिइ तोकिएको समयमा काम सकाउन आग्रह गरे ।

सो सडकको चार किलोमिटरको निर्माणको जिम्मा जिएसआर निर्माण सेवाले पाएकामा ५०० मिटर ढलान गरिएको छ भने बाँकी सडकमा कालोपत्र गर्ने कार्य जारी रहेको निर्माण कम्पनीले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयको रु सात करोड ८२ लाख लागतमा सो सडक स्तरोन्नति भइरहेको हो ।

सडक फराकिलो पार्ने, नाला निर्माण र रिटेलिङ्ग वालको काम सम्पन्न भएर कालोपत्र गर्ने कार्य शुरु गरिएको सडक निर्माण उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेलले जानकारी दिए । कालोपत्र गर्न शुरु भएपछि स्थानीयवासी उत्साहित बनेको पोखरा–१९ का वडाध्यक्ष शोभामोहन पौडेलले बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ९ : १५ बजे

उपराष्ट्रपति यादवबाट ‘ईद उल फित्र’ को शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा

‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा. पन्तलाई

वीरगञ्ज– २०८२ सालको ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा.

ढोरपाटनमा भारी हिमपात

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा

इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक उदयपुर गाईघाटका अमृत झा

काठमाडौँ– पश्चिम एसियाको युद्धका कारण केन्द्रबिन्दु बनेको होर्मुज जल क्षेत्रमा

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले