शरणार्थी व्यवस्थापनका लागि सुडानलाई १५ करोड डलर आवश्यक : राष्ट्र संघ « Khabarhub

शरणार्थी व्यवस्थापनका लागि सुडानलाई १५ करोड डलर आवश्यक : राष्ट्र संघ


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इथियोपियाको टाइग्रेबाट सुडान पुगेका  शरणार्थीको व्यवस्थापनका लागि १५ करोड अमेरिकी डलर आवश्यक परेको संयुक्त राष्ट्र संघले जनाएको छ ।

राष्ट्रसंघका शरणार्थी मामिला प्रमुख फिलिपो ग्रान्डीले खाद्यान्न, बसोबास तथा कपडाको व्यवस्थापनका लागि १५ करोड डलर जरूरी रहेको बताएका हुन् ।

इथियोपियाको संघीय बल तथा त्यस क्षेत्रको सत्तासिन दलबीच नोभेम्बर ४ मा सुरु द्वन्द्वका कारण तीन हप्तामा कम्तीमा ४३ हजार शरणार्थी सुडान पुगेका छन् ।

इथियोपियाको अति गरिब क्षेत्र टाइग्रेमा लगातार भीडन्त भइरहेका र झडपका कारण हजारौँ इथियोपियाली नागरिक सुडान प्रबेश गरेका हुन् ।

सुडानका शक्तिशाली शासक ओमार अल बसीरलाई सन् २०१९ मा सत्ताच्युत गरिएपछि सुडान अहिले सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ७ : ०२ बजे

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ