दुईनाल बन्दुकसहित पाँच जना पक्राउ « Khabarhub

दुईनाल बन्दुकसहित पाँच जना पक्राउ


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–८ पिडालुबारीस्थित जङ्गलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बन्दुक लिएर जङ्गलमा सिकार गर्न गएको समयमा दुईनाल बन्दुक र त्यसमा लाग्ने १०० ग्राम बारुदसहित उनीहरुलाई शनिबार पक्राउ गरेर कारवाही अघि बढाउन लागिएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा जिल्लाको म्यागङ गाउँपालिका–३ बस्ने २७ वर्षीय रवीन तामाङ, २८ वर्षीय अमर तामाङसहित १७ वर्षीय दुई र १५ वर्षीय एक किशोर रहेका छन् ।

उनीहरुले बन्दुक प्रयोग गरेर लामो समयदेखि सिकार गर्नेहरुको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीको टोलीले जङ्गलबाट रङ्गेहात पक्राउ गर्न सफल भएको जनाइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १० : ३० बजे

दलित समुदायसँग रविले मागे माफी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायसँग सार्वजनिक

पक्राउ परे व्यवसायी दीपक भट्ट

काठमाडौं- प्रहरीले व्यवसायी दीपक भट्टलाई बिहीबार दिउँसो पक्राउ गरेको छ।

रविले भने : कसैमाथि प्रतिशोध हुने छैन, प्रश्न गर्दैमा माइक काटिने छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई सिंहदरबारमा

राष्ट्रिय सभाको २०औँ अधिवेशन सुरू

काठमाडौं– सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको २०औँ अधिवेशन सुरु भएको छ । 

संसद्‌मा प्रतिपक्षको आवाज कमजोर हुन दिँदैनौँ, लोकतन्त्र जोगाउन प्रतिबद्ध : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधि सभामा प्रतिपक्षको